प्राकृतिक प्रकोपविरुद्ध सिन्धुपाल्चोकका सासद एक ढीक्का
काठमाडौं, २५ असार । सिन्धुपाल्चोक स्थित भोटेकोशीमा गएको भीषण बाढी पहिरोले पुर्याएको क्षती, राहत र पुनर्स्थापनाको निम्ति पक्ष प्रतिपक्षमा नलागी सिन्धुपाल्चोकका सबै सासद एक ढीक्का भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र नं ३ का सांसद शेरबहादुर तामाङले जनतालाई दिइने राहत एक मुष्ट रुपमा दिनु पर्ने बताएका छन् । राजधानीमा संवाद क्लव नेपालद्वार आयोजीत संचारकर्मी संग अन्तरसम्बद कार्यक्रममा बोल्दै सांसद तामाङले भुकम्प पिडितलाई राहत दिदा एक मुस्ट रुपमा दिनुपर्ने बताएका हुन् । भुकम्पले चिरा चिरा भएको सिन्धुपाल्चोकलाई बर्खाको पानीले झन पिडा दिएको बताउदै उनले भने, ‘तपाई हामी सबै भूकम्प पिडित होउँ, किन दुई किस्तामा राहत दिनुपर्यो, एक चोटि मै दिउँन । यो या उ वाहानामा किन जनता झूक्याउने, खुरुक्क चेक काटेरर दिदाँ भैगो नी ।’
सांसद तामाङले नेपालमा पहाडमा घर बनाउनको लागि अहिलेसम्म कुनैपनि इन्जिनीयर नपढेको बताउदै उनले भने, ‘नेपालको कुनैपनि कलेजले पहाडमा बनाइने घरको बारेमा पढाएको छैन्, किन चाहियो इन्जिनीयर ? जनतालाई पहिला आफ्नै तरिकाले घर बनाउन दिउँ पछि एकै चोटी चेककाटेर दिए भैगो नि ।’
नेकपा एमालेका केन्दीय सदस्य समेत रहेको तामाङले सरकारले नगरेको भन्दा पनि गर्न चाहेर पनि आफ्नै ढिला सुस्तीमा अल्झेको ओरोप लगाए । सरकारले जनतालाई जति सक्दो छिटो बाढि पहिरोमा परेका सिन्धुपाल्चोक वासिलाई पुनर्स्थापना गरि राहत दिन आग्रह गरे । सिन्धुपाल्चोकको जुरी पहिरो देखी भोटेकोशी पहिरोसम्म दैविक प्रकोपले दुख दिएको भन्दै उनले अव सिन्धुपाल्चोकलाई दैविक पैकोप संग्राहलयको रुपमा विकास गर्न पनि आग्रह गरे ।
उत्त कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका सांसद मोहन बहादुर बस्नेतले जति सक्दो छिटो भोटेकोशी पिडितलाई राहत तथा पुनर्स्थापना गर्न माग गरेका छन् । भुकम्प पिडितले चौध महिनासम्म पनि राहत नपाएको प्रसङग कोट्याउदै भोटेकोशी पिडितलाई पनि सरकारले राहत र पुनर्स्थापना गर्ला भन्नेमा आसंका ब्यक्त गरे । उनले अगाडी भने, ‘तर म सिन्धुपाल्चोक जिल्लाको सांसद भएको हैसियतले राहत र पुनर्स्थापनाको निम्ती संसदमा आवाज उठाउने र संसदले पनि सुनुवाई गरेन भने जनताको साथ लिएर निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरे । नेपाली काग्रेसका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले भुकम्प पिडितलाई राहत उपलब्ध गराउनको लागि आफु पार्टी भित्र एक्लै लडेर दुई किस्तामा राहत दिनकोलागि पहल गरेको बताए ।
भोटेकोशी क्षेत्रको क्षति विबरण प्रस्तुत गर्दैै उनले भने, ‘अरनीको राजमार्ग पुरै अवरुद्ध भएको छ । त्यहाँका जनताको रोजिरोटी भनेकै तातोपानी नाकाको व्यापार हो, त्यो अहिले ठप्प छ । यसमा पनि सरकारले ध्यान देहोस ।’ पर्याटकीय हिसावले तातोपानी एक उत्कृष्ट गन्तव्य भएको बताउदै उनले भने, ‘त्यो तातो पानीमा नुहाउने धाराहरु पनि पहिरोको जोखीममा छन्, कति त बगीसके केहि बाँकि होलान । यस विषयमा पनि सरकारले रोकथामको लागि पहल गरोस ।’
पुर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका बस्नेतले त्यहाँका जनतालाई जतिबेला जे पनि हुनसक्ने भएकोले पुनर्स्थापनाको लागि विशेष ध्यान दिन आग्रह गरे । उनले भने, ‘सिन्धुपाल्चोक भुकम्पले गर्दा चिराचिरा परेको छ, जतिबेला जहाँ पनि पहिरो जान सक्छ ।’ अघिल्लो पटक विभिन्न संघ संस्था तथा जील्ला दैविक प्रकोप समितीले दिएको प्रतिबेदनका आधारमा जोखिममा रहेका जनतालाई सुरक्षित स्थानमा सार्न आग्रह गरे ।
उत्त कार्यक्रममा राप्रपाका सांसद रमेश कुमार लामाले भुकम्पले गर्दा सिन्धुपाल्चोकमा रहेका हिमतालहरु जोखीममा रहेको बताउदै भोटेकोशी विपत यसैको उपज भएको दावि गरे । अझै ठुलाठुला पहिरोहरु जानसक्ने भन्दै उनले जनतालाई सजक रहन पनि आग्रह गरे । सत्तारुढ दलका नेता समेत रहेका लामाले सरकारको कठोर आलोजना गरे ।
उनले भने, ‘भुकम्प पिडितले राहत र पुनस्थापना अझै पाउन सकेका छैनन् भने यति ठुलो विपतमा पनि सरकारले निरिक्षण त गर्यो तर राहत र पुनर्स्थापनाको बारेमा आसंका व्यत्त गरे ।’ उक्त कार्यक्रमको अध्यक्षता सम्वाद क्लव नेपालका अध्यक्षा राम गैरेले गरेका थिए ।