सिमाबारे जनमत लिने भए काश्मीरकाे लेउ – भरत दाहाल
नेपाल-भारतबीचकाे संबन्ध पुनरावलाेकन गर्न बनेकाे प्रबुद्ध समुहका भारतीय सदस्यहरूले गंभिर प्रकारका षडयन्त्रहरू अघि बढाएकाे संकेतहरू दिएर गएका छन्। भगतसिं काेशीयारीले नेपाललार्इ “भुटान जस्तै सुखि” देख्न चाहेकाे भन्ने कुत्सीत अाकांक्षा सार्वजनिक गरेपछि साे टाेलीका अर्का सदस्य बि.एस. उप्रतिले त्याे भन्दा खतरनाक धारणा सार्वजनिक गरेका छन्।
उनका ३ वटा भनार्इहरूमा एउटा भनार्इ “नेपाली र भारतीयहरूकाे रगत एउटै हाे” भन्ने रहेकाे छ । उनकाे दाेश्राे भनार्इ सन् १९५० काे सन्धि खारेज गर्न नहुने भन्ने छ भने तेश्राे भनार्इ “दुर्इ देशमा जनस्तरमा राय नलिर्इकन नेपाल र भारतका बीचकाे खुला सिमाना बन्द गर्न सकिंदैन”। उनका यी ३ वटै भनार्इले काेशीयारीले व्यक्त गरेकाे भुटानी सपनाकाे प्रतिनिधित्व गर्दछन्।
सन् १९५० काे सन्धि यथावत् राख्ने र खुला सिमाना बन्द नगर्ने साेंचार्इमा कुनै सत्ता ठेकेदारहरू छन् भने याे साेंचार्इ सिधा रूपमा भारतलार्इ तरार्इ बुझाउने याेजनाकाे अभिन्न अङ्ग हाे। यी देर्इ समस्याहरूलार्इ समाधान नगरिकन भारतकाे नेपाल विराेधि षडयन्त्रकाे कुनै समाधान छैन। समस्याका जड नै यी २ वटा मुद्दाहरू रहेका छन् भन्ने तथ्य स्पष्ट छ।
“नेपाली र भारतीयहरूकाे रगत एउटै हाे” भन्ने उप्रेतीकाे दुर्बचनले कसलार्इ नेपाली भन्न खाेजेकाे हाे ? यहाँ विविध उत्पत्तिका नेपालीहरू छन्। तराइका गैर मधेशी अादिबासि, थारूहरू, पहाडी जनजाति र खसहरूलार्इ भारतीय रगतसंग जाेड्न खाेजेका हुन् भने याे निकृष्ट दर्जाकाे अनैतिकता हाे। उनले मूलतः खसहरूलार्इ भन्न खाेजेकाे कुरा स्पष्ट छ।
खस र भारतीय रगतमा कुनै सार्इनाे छैन। नेपालका खसहरू पश्चिम इरानबाट ककेशश क्षेत्र, उत्तरि अफगानिस्तान, उत्तरि पाकिस्तान, काश्मीर, मानसराेबर हुँदै कर्णालीमा अाएकाे जाति हाे। यता अाउँदा याे वैदिक अार्य नभएर प्रकृति पूजक थियाे। जुम्लाकाे सिंजामा राज्य गठनपछि यसले बाैद्ध धर्मलार्इ राज्यधर्म मानेर हिन्दूत्वकाे पनि सम्मान गरेकाे तर शंकराचार्यकाे उत्तराखण्ड यात्रापछि मात्र हिन्दू धर्म अङ्गिकार गरेकाे इतिहास छ।
भारतमा मुगलहरूकाे अाक्रमणका बेला जनै जाेगाउनका लागि खसहरू नेपाल प्रवेश गरेकाे भन्ने मिथ्या इतिहास पूरै भ्रममा अाधारित छ। खसहरू मैदानि भारतीय भूमिमा कहिल्यै बसाेबास गरेनन् र भारतबाट अाएका पनि हाेर्इनन्। हिन्दूकरण हुनुभन्दा अगाडिसम्म खसहरू वैदिक अार्यहरू जस्ता जनैधारि पनि हाेर्इनन्। जनै नलगाउने खसहरूकाे संस्कृतिकाे अवशेष अहिले पनि मतवालि क्षेत्रिहरूले प्रतिनिधित्व गरिरहेका छन्।
यस्ता कुत्सीत साम्राज्यवादी प्रचारहरूबाट भ्रम सिर्जना हुन नदिन अध्ययन र प्रचार प्रसारकाे खाँचाे छ। देर्इ देशका बीचकाे खुला सिमाना बन्द गर्ने कुरा जनस्तरबाट निर्णय गर्नुपर्छ भन्ने भारतीयहरूकाे षडयन्त्रकारि बयानका पछाडिकाे कुनियत उदाङ्गाे पार्न उनीहरूलार्इ पाकिस्तानि काश्मीरी र भारत नियन्त्रित काश्मीरीहरूकाे राय संकलन गरेर देर्इ काश्मीरकाे सिमाना खुला गर्ने सुझाव दिनुपर्छ। मान्छन् विस्तारवादीहरूले ?