मधेशमा शोषक पनि उही र मुक्ति दाता पनि उही : रिजवान अन्सारी
काठमाडौं, २७ असार । मधेशी नागरिक समाजद्वारा आयोजित मधेशमा मधेशवादी राजनीतिक अवस्था कमजोर किन ? यसको कारण र निवारण बिषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो विचार राख्दै संघिय नवाबिचार समुहका संयोजक एवं पुर्व गृह राज्य मन्त्रि रिजवान अन्सारीले मधेशमा शोषक र मुक्तिदाता एउटै भएकोले उनीहरुबाट मधेशको मुक्ति असम्भव रहेको बताएका छन् । मदेशी दलहरु मधेशवादी नभएको बरु उनीहरु जातिवादी रहेको आरोप अन्सारीले लगाए । अन्सारीले भने,ुमधेशी दलको नेतृत्व जसले गरेको छ त्यो पार्टीको केन्द्र र जिल्ला तहमा तेही जतिको जनसंख्या बढी छ । मधेशमा जतिको नेता हैन सम्पूर्ण मधेशलाई समेटेर हिड्ने नेतृत्वको खाचो रहेको औल्याए । अन्सारीले भने, अथित मधेशवादी पार्टीमा असमावेशी राख्ने र राज्य संग पूर्ण समावेशीको माग राखेर नाटक गरेको आरोप लगाए । अब मधेशमा थारु, दलित र मुस्लिम समुदायलाई आधार बनाएर सम्पूर्ण मधेश र राष्ट्रको मुक्ति दिलाउन सकिन्छ । अब जसको मुद्दा त्यसकै नेतृत्व हुनु पर्नेमा जोड दिए ।
जहिद परवेज को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व सचिव डा। शंकर लाल चौधरी रहेका थिए । कार्यक्रममा तमलोपाका गोविन्द चौधरी, मौलाना नजरुल हुसैन फलाही,सुनिता मरिक डोम लगाएत थारु, मुस्लिम र दलित समुदायका अगुवाले आआफ्नो विचार राखेका थिए ।