चियाको असर वायुमण्डलमा !

२०७३ असार २७ गते, सोमबार

काठमाडौ, २७ असार । चिया प्रशोधनमा आधुनिक प्रविधि विकास हुन नसक्दाको सोझो असर वायुमण्डलमा परिरहेको छ ।
दाउरा र कोइला प्रयोग गरी चिया प्रशोधन गर्ने परम्परागत प्रविधिले अधिक मात्रामा हानिकारक कार्बनडाइअक्साइड ग्यास उत्सर्जन गरिरहेको अध्ययनले देखाएको छ ।
एसिया महादेशमा पर्ने ८ मुलुकका चिया प्राविधिकले ३ देशमा गरेको अध्ययनअनुसार १ किलो तयारी अर्थोडक्स चिया उत्पादन गदाए ४.०६ किलो कार्बनडाइअक्साइड उत्सर्जन भइरहेको पत्ता लागेको छ ।
करिब ४ वर्ष लगाएर गरिएको अध्ययनले अर्गानिक चियामा लगाइने १ किलो मात्र उत्पादन गर्दा २.०७ किलो कार्बनडाइअक्साइड उत्सर्जन हुने गरेको देखाएको छ ।
अध्ययन रिपोर्टअनुसार बिजुली र जेनेरेटर प्रयोग गरी १ किलो तयारी चिया बनाउँदा ०.१५ किलो, कोइला दाउरा प्रयोग गर्दा १.७ किलो कार्बनडाइअक्साइड उत्सर्जन हुने गरेको छ ।
अध्ययनमा संलग्न चिया प्राविधिक तथा साखेजुङस्थित हिमालयन सांगि्रला टी प्रड्युसर्स प्रालिका प्रबन्धक आरसी नेपालले हामीले खाने १ कप चिया उत्पादन गर्दा बायुमण्डलमा ७ ग्राम कार्बनडाइअक्साइड उत्सर्जन हुने गरेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]