न्यायाधीशका विषयमा सुनुवाई हुँदै

२०७३ असार २७ गते, सोमबार

काठमाडौ, २७ असार । व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले आज न्यायाधीशमा सिफारिस भएकाहरुको विषयमा सुनुवाई गर्ने भएको छ ।
प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्तको सनुवाई सकेको समितिले आज न्यायाधीशको बारेमा सनुवाई गर्न लागेको हो । सनुवाईका लागि अहिले बिहान साढे ८ बजे बैठक बोलाइएको छ । प्रस्तावित ११ न्यायाधीशविरुद्ध तीनवटा उजुरी परेका छन् ।
न्याय परिषदको बैठकले कानून व्यवसायीबाट ४ र पुनरावेदन तहका मुख्य न्यायाधीशबाट ७ जना सिफारिस गरेको छ ।
पुनरावेदनबाट आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, दीपक कार्की, मिरा खड्का, शारदा घिमिरे, केदार चालिसे र विश्वम्भर श्रेष्ठ र अधिवक्ताहरुबाट हरिकष्ण कार्की, सपना मल्ल लगायतको सिफारिस गरेको छ । आज ११ मध्ये सकेसम्म ६ जनाको सुनुवाई हुने समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]