माओवादी केन्द्रको बुद्धिजीवि संगठन सक्रिय
काठमाडौं , २८ असार । नेकपा माओवादी केन्द्रका नेता एवं बुद्धिजसीवि इन्चार्ज दीननाथ शर्माले वामपन्थी बुद्धिजीविहरु एकजुट हुनुपर्ने बताएका छन् । एकतापछि गठित नेकपा माओवादी केन्द्र आवद्ध बुद्धिजीवि संगठनहरुको भेलाको निर्णय सार्वजनिक गर्न आयोजित राजधानीको संबाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
वामपन्थीनिकट बुद्धिजीवि संगठनहरु मिलेर गठन भएको यो संगठनले गति लिने विश्वास व्यक्त गर्दै शर्माले भने भत्किएका संगठनहरुलाई एक ठाउँमा ल्याउन पार्टी सफल भएको बताए । उनले बुद्धिजीविहरुले तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए ।
असार २६ गते राजधानीमा पाँचवटा संगठनको एकता भेलाले सम्पन्न राष्ट्रिय भेलाल नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन गठन गरेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनको प्रादेशिक भेला आउने साउन मसान्तभित्रै सक्ने गरी तयारी थालिएको जानकारी संगठनका दिएका छन् ।
राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न मंगलबार संबाद डबलीमा आयोजित एक पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष नरेश भण्डारीले सो कुराको जानकारी दिएका हुन् । राज्यले बुद्धिजीविलाई सधैं सत्तादेखि बाहिर राखेर गल्ती गरेको भण्डारीले बताए । ‘बुद्धिजीविलाई सत्तामा प्रत्यक्ष रुपमा सहभागी गर्नुपर्छ’ भण्डारीको भनाई छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले एक प्रेस विज्ञप्ति प्रकाशित गरेर भेलाले गरेको ५ बुँदे निर्णय सार्वजनिक गरे । भेलाले नेपाल बुद्धिजीवि संगठन, क्रान्तिकारी बुद्धिजीवि विङ, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवि संगठन र राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवि संगठन नेपाल र क्रान्तिकारी बुद्धिजीवि संगठन मिलेर भण्डारीको अध्यक्षतामा ३२५ सदस्यीय नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन गठन गरेको छ ।
त्यस्तै आगामी पौष महिनामा संगठनको राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि भेलाको छ । भेलाले संगठन, आर्थिक, अन्तर्राष्ट्रिय, अध्ययन, अनुसन्धान तथा अन्वेषण, सरकार–सदन–समन्वय, प्रचारप्रसार तथा प्रकाशन, स्कूलिङ, स्वास्थ्य, अनुशासन तथा अनुगमन र विज्ञान, प्रविधि तथा जलवायु विभागहरु गठन गरेको पत्रकार सम्मेलनमा बताए ।
भेलाले संगठनको उपाध्यक्षमा नन्दकुमार थापा, महासचिवमा कृष्ण केसी, सचिवमा गुणराज गौतम, कोषाध्यक्षमा भिमसेन गौतम चयन गरेको छ । – धनन्जय बुढा