नाङ्गिएर कला प्रदर्शनी !

२०७३ असार २८ गते, मंगलवार

काठमाडौ, २८ असार । अमेरिकी कलाकार स्पेन्सर ट्युनिकको अनौठो कला प्रदर्शनी इंग्ल्याण्डको किंगस्टनमा भयो । ‘सी अफ अल’ इन्स्टालेशनमा कयौ भोलिन्टियरहरुले भाग लिए ।
उनीहरुले आफ्नो शरीरमा नीलो रंग लगाएका एि । यो अलको अन्फरेन्स आर्ट ग्यालरीमा पाइने मरिन पेन्टिङको रंगलाई दर्शाउँथ्यो ।
इंग्ल्याण्डको पूर्वी तटमा आयोजना गरिएको यो इन्स्टालेशनको उद्देश्य सहरलाई समुद्री विरासतको उत्सव मनाउनु थियो । न्युयोर्कका कलाकार ट्युनिकले विगत २० र्वादेखि ९० भन्दा बढी आर्ट इन्स्टालेशन संसारका कयौ साँस्कृतिक रुपमा महत्वपूर्ण स्थानमा बनाएका छन् ।
सिड्नी ओपेरा हाउस, मान्ट्रियलको प्लेस डेस आर्टस, म्याक्सिको सिटी, भियनाको एरनेस्ट हैप्पेल स्टेडियम र जर्मनीको म्युनिख सहरमा यस्ता आर्ट इन्स्टालेशन बनिसकेको छ।
यस्ता प्रदर्शनीमा स्पेन्सर ट्युनिकलाई कालो कपडामा भोलेन्टियरको बिचमा देखन सकिन्छ । किंगस्टनको स्केल लेन स्वीमिङ ब्रिजमा ‘सी अफ हल’ इन्स्टालेशन बनाइयो।
नाङ्गा सहभागीहरुले आफ्नो शरीरलाई नीलो रंगले रंगाएका थिए । यसले हलको कन्फरेन्स आर्ट क्यालरीमा पाइने मरिन पेन्टिङको रंगलाई दर्शाउँथ्यो ।
यो विशेष प्रदर्शनीको आयोजना ९ जुलाईमा किंगस्टनमा गरिएको हो । तस्वीरमा सबै सहभागी भोलेन्टियर एउटा सार्वजनिक पार्कमा उभिएका छन् ।उनीहरु सबै ‘सी अफ हल’ इन्स्टालेशनका हिस्सा थिए ।
न्युयोर्कको मिडल टाउनको एउटा यहुदी परिवारमा जन्मिएका फोटोग्राफर स्पेन्सर ट्युनिक ठुलो स्तरमा यसप्रकारको शूट गर्ने फोटोग्राफरका रुपमा परिचित छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]