डा. केसीको समर्थनमा हातमा कालोपट्टी

२०७३ असार २९ गते, बुधबार

काठमाडौं, २९ असार। प्रा.डा. गोविन्द केसी अनशन बसेको चौथो दिन बित्दापनि सम्बन्धित निकायबाट ठोस प्रतिक्रिया नआएको भन्दै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसियसनले बुधबारदेखि हातमा कालोपट्टी बाँधेर काम गर्न थालेका छन् ।
एसोसियसनमा आवद्ध चिकित्सकले डा. केसीले उठाएका माग पूरा गर्न सरकारले कुनै पहल नगरको भन्दै आन्दोलनको घोषणा गर्नुपरेको एसोसियसनका अध्यक्ष डा. लिजन महर्जन र सचिव डा. सचित शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
डा. केसी आइतबारदेखि टिचिङ अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको माग राख्दै आठौंपटक अनशन बसेका छन् । राष्ट्रिय चिकित्सक संघ र राष्ट्रिय मावनअधिकार संगठनले पनि केसीले उठाएका माग जायज भएको भन्दै समर्थन जनाएको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईई नतिजा असार तेस्रो साता

२०८२ असार ३ गते, मंगलवार

आज विश्व रक्तदाता दिवस

२०८२ जेष्ठ ३२ गते, शनिबार