एमाले संसदीय दलको बैठक बस्दै

२०७३ असार ३० गते, बिहीबार

काठमाडौ, ३० असार । माओवादीले सरकारको समर्थन फिर्ता लिए पछि आज दिउँसो एमाले संसदीय दलको बैठक बस्ने भएको छ ।आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेपछिको अवस्थालाई मध्यनजर गर्दै बैठक बस्न लागेको बताइएको छ ।
माओवादी केन्द्र र कांगे्रसले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरे पनि राजीनामा नदिने निर्णय गरेपछि अब संसदमा कसरी प्रस्तुत हुने भन्ने बारे आजको बैठकमा छलफल गरिने भएको छ ।
समसामयिक परिस्थिति र सांसदहरुको भूमिकाबारेको छलफल गर्न बोलाइएको बैठक दिउँसो ३ बजे बस्ने एमाले ले बताएको छ।

प्रतिक्रियाहरु

[anycomment]