पोर्नस्टारलाई प्रधानमन्त्री ठानेपछि…..

काठमाडौं, ३० असार । ‘मानिसहरुले मलाई नै बेलायतको नयाँ प्रधानमन्त्री ठाने । कति सोझा छन् मानिसहरु । तपाई मेरो टपलेस तस्वीर किन्न चाहनु हुन्छ भने तपाई मलाई इमेल गर्न सक्नु हुनेछ ।’ पोर्न स्टार टेरिजा मेले यो ट्वीट त्यतिबेला गरिन् जतिबेला उनलाई बेलायतको नयाँ प्रधानमन्त्री टेरिजा मे ठानियो र बधाईको ओइरो लाग्न सुरु भयो । अवस्था यहाँसम्म पुग्यो कि कतिपय पत्रकारले उनलाई अन्तर्वार्ताका लागि समय माग्न थाले ।
दुवैको नाम करिब करिब एउटै भएकाले मानिसले यस्तो ठानेका हुन् । कयौले पोर्नस्टार टेरिजा मेका कयौ उत्तेजक तस्वीर ट्वीट गर्दै क्याप्सनमा लेखे–हेर्नुस यी हुन् बोलायतकी नयाँ प्रधानमन्त्री ।
पोर्नस्टर टेरिजा मेले यस्ता धेरै इमेल पाएपछि ट्वीट गरिन्–धन्य, हरेक इन्टरभ्यु आग्रहपछि मैले एक पाउन्ड पाएको भए कति मज्जा हुने थियो । कुनै फी छैन तैपनि पब्लिसिटी त प्राप्त भइरहेकै छ ।
टेरिजाले एउटा अर्को ट्वीटमा लेखिन्–पत्रकारहरु, अगाडि बढ । र मेरो तस्वीर चोर र बसीबसी समाचार बनाऊ । तर, मेरो प्रमोशन नगर । मलाई त्यस्तो आवश्यकता छैन । पोर्नस्टार टेरिजालाई बेलायतको नयाँ प्रधानमन्त्री ठान्नेहरुमध्ये एक जना ट्वीटर युजर @Alswick ले उनको तस्वीर पोस्ट गर्दै लेखे–अब टेरिजा मे ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्दैखिछन् । अब उनले सबैलाई खुसी लिएर आउने छिन् । – एजेन्सी