काँग्रेस केन्द्रीय समितिको बैठक भोलि

२०७३ श्रावण ३ गते, सोमबार

काठमाडौ, ३ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देवाले केन्द्रीय कार्य समितिको बैठक भोलिका बोलाउनु भएको छ ।
बैठकमा पदाधिकारी नियुक्त, नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुनेछ । नयाँ सरकार गठनको विषयमा माओवादी केन्द्रसँग भएको ७ बुँदे सहमतिको बारेमा आफूहरुसँग छलफल नगरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आलोचना गर्न थालेपछि सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाउनु भएको जनाइएको छ ।
महाधिवेशन भएको चार महिना वित्दा पनि पार्टी विधान अनुसार काम हुन नसकेको भन्दै देउवाको आलोचना हुँदै आएको छ ।
महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग, केन्द्रीय कार्यसमिति, पदाधिकारी, संसदीय समिति तथा कार्यसम्पादन समितिले पूर्णता पाइसक्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]