मोदीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुचारु

२०७३ श्रावण ३ गते, सोमबार

काठमाडौँ, ३ साउन । पर्वतको देउपुरमा सन्चालित १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाबाट उत्पादन पुनः सुचारु भएको छ । बाढीका कारण पाँच दिनदेखि अवरुद्ध भएको आयोजनाबाट सोमबारदेखि पुनः उत्पादन सुरु गरिएको हो । बाढीले इन्टेकभन्दा माथिको भागमा क्षति पुर्‍याएको र सुरुङमा पुरै क्षमतामा पानी पठाउन नसकिएका कारण बिजुली उत्पादन आधामात्रै रहेको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु