चर्चमा बन्धक बनार्इ धर्म परिवर्तन

२०७३ श्रावण ७ गते, शुक्रबार

काठमाडौ, ७ साउन । गरिब बालबालिकालाई चर्चमा बन्धक बनाएर धर्म परिवर्तनमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको शंखमुलमा जेरुसेलम एन्टिवन चर्चमा १४ जना बालबालिकालाई बन्धक बनाई धर्म परिवर्तन गराइएको हो। प्रहरीले चर्चका सञ्चालक हरिबहादुर तामाङ र बालगृह सञ्चालक चिनिमाया ब्लोनलाई पक्राउ गरी मानव ओसारपसार तथा धर्म परिवर्तन मुद्दामा कारबाही अघि बढाएको छ।
अदालतले बालगृह सञ्चालक ब्लोनलाई थुनाका लागि जेल चलान गर्ने आदेश दिएको छ। तामाङ ५० हजार धरोटीमा छुटेका छन्।
धनकुटा घर भएकी ब्लोनको बिगत पाँच वर्षदेखि दर्ता नै नगरी माया अनाथ आश्रम सञ्चालन गरी गरिब बालबालिकालाई राख्दै आएकी थिइन्। कतिपय बालबालिकाका परिवारलाई प्रलोभनमा पारी उनले बच्चा आफूले पाल्ने भन्दै काठमाडौं ल्याएकी थिइन्। – नयाँ पत्रिका दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार