पूर्वराजा ज्ञानेन्द्र युरोपतर्फ

२०७३ श्रावण ८ गते, शनिबार

काठमाडौं, ८ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार शुक्रवार राति युरोतर्फ प्रस्थान गरेका छन् । उनी इटालीतर्फ प्रस्थान गरेका हुन् । छोरा पारसलाई निर्मल निबासमा रुङ्ने जिम्मेवारी दिएर उनी दुई साता लामो इटाली भ्रमणमा निस्केका हुन् । उनका साथमा पूर्वरानी कोमन, बुहारी हिमानी, नाति हृदयेन्द्र, नातिनीद्वय पूणिर्का र कीर्तिका, शाही अर्दली हस्तवहादुर थापा, दुई नानी, निजी सचिव सागर तिमिल्सिना, अंगरक्षक गगन श्रेष्ठसहितको टोली इटाली गएको हो ।
सुनाकोठी बस्दै आएका पारस घर कुर्न भन्दै निर्मल निवास आएका छन् । पूर्वराजा ज्ञानेन्द्र नाति नातिनाको बिदा मनाउन सपरिवार विदेश भ्रमणमा निक्स्केको स्रोतले जनाएको छ ।
इटाली बसाइको क्रममा उनले त्यहाँ रहेका नेपालीसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सरकार परिवर्तनको किचलो चलिरहेको र कतिपय पक्षले राजतन्त्र र हिन्दू धर्मको वकालत गरिरहेका बेला उनी भने विदा मनाउन हिँड्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
इटली भ्रमण भनिए पनि पूर्व राजा यूरोपका अन्नय देशरुमा समेत जाने कार्यक्रम रहेको छ । उनी स्वदेश फर्किएसँगै देश दौडाहमा निस्कने कार्यक्रम रहेको स्रोतको दाबी रहेको छ । – नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार