प्रचण्डलाई सुझाब ‘ माओवादी ‘नाम फेरेर ‘नेपाल भाइ काँग्रेस ‘ राखे हुन्न ? – प्रशान्त लामा दोङ
देश यतिखेर भौगोलिक हिसाबमा बर्षातको याम भएता पनि राजनीतिक हिसाबले खडेरी लागेर डढेलो लाग्न शुरू भएको छ ।कति सम्मको नीच स्वार्थ यो नक्कली जनवादको खोल ओढ्ने प्रचण्ड ? आफू सत्तामा पुग्नको लागि देश र जनताको लागि गरिएको विकेन्द्रिकरणको सारा योजनामा आगो लगाउने त्यो पनि आफ्नै दल समावेश हुँदा बनेको योजना । धिक्कार छ प्रचण्ड ! तिमीलाई नेपाल आमाले रगत चुसेर पुगेन अब भित्रभित्रै बिस्ताबाद र साम्राज्यवादको चक्रब्यूहमा फसेर देशलाई खोक्रो बनाउन लागेकोमा । अनि फेरी नेपाल आमाले तिमीलाई सराप्नेछ कि युद्धको भूमरीमा बलिको बोका चढाउनेछ । प्रचण्ड ! तिमी आफू त जीउँदो मरिगयौ तर तिमीले मार्क्सवादको धज्जी उडाएर देशलाई बर्बादीको खेलतिर धकेलियौ ।यो तिमीलाई जनयुद्धको वेला जनताले दिएको साथ र समर्थनको उपहार हो कि देशलाई नै तिमीले दक्षिपन्थी भारतीय बिस्तारबादको घोडा चढेर देशलाई बर्बादीको दिशातिर धकेलियौ ? आखिर किन यसो हुदैछ प्रचण्ड ! मति भ्रष्ठ किन ? के अब फेरी पनि जनताले बन्दुक उठाउनु पर्ने नै हो स्वाधिनको निम्ति ? एक अर्थमा भन्ने हो भने प्रचण्ड , तिमी वैद्य किरणको भनाई सावित हुदैछ कि तिमी २१ शौँ शताब्दीको लेन्डुप दोर्जे । क. प्रचण्ड इतिहासमा देवता उपमा लिएर मर्ने मन छ कि दानवको ? सवाल कुन पार्टीको मान्छे भन्दा पनि तिमीले एउटा बामपन्थको घाँटीमा तरबार हान्ने काम गर्यौ त्यो सुन्दा दुख लाग्छ । बिकेन्द्रीकरण सिद्धान्तमा आधारित आर्थिक विधेयक असफल हो भनि प्रमाणित गरायौ। यो तिमी र तिम्रो अन्धभक्त देशको रगत चुस्ने जुका र देश खिएर खोक्रो बनाउने धमिराको लागि उपयुक्त होला तर देश र जनताको आस्थामाथि लात हान्ने काम गर्यौ । कमरेड प्रचण्ड तिम्रो त्यो पार्टीको सिद्धान्तको मार्क्सवादको सिद्धान्त हटाउँदा नि हुन्छ किन कि तिमीले जतिवेला देखि कमरेड किरण , कमरेड विप्लबलाई पन्छाएर मनखुसी दिल्लीको छाता ओढ्यौ । अब कमरेड मार्क्सवादी रहेनौ पार्टीको नाम माओवादी केन्द्र भन्दा फेरेर नेपाल भाइ काँग्रेस राखे उपयुक्त होला । अब माओवादी नाम फेरेर नेपाल भाइ काँग्रेस राख्दा हुन्छ । बोली र व्यबहारमा नदेखिएको तिम्रो मार्क्सवाद नक्कलि मखण्डो भन्दा नि फरक पर्दैन । सायद यो शब्द प्रहार गरि राख्दा प्रचण्डको आशेपासे अनि खुरापाति हनुमानलाई चित्ता दुख्ला तर यसमा देशभक्त राष्ट्रभक्त सिपाहीहरूलाई केही हुने छैन । सरकारमा को छ त्यो गौण कुरो हो कि एउटा जिम्वेवार नागरिकको लागि । कमरेड प्रचण्ड यसरी नै एकले अर्कोको खुट्टा तान्ने काम गरे देश कहिले बन्छ ? कमरेड प्रचण्ड अरू ल्याएको मूद्ध अनुकुलको बजेट ल्याउदा पनि स्वीकार्यछ छैन भने तिमी भारतीय दलालको घोडा चढेर लिएर आएको कुनै पनि खालको योजना स्वीकार्नुपर्छ भनि कहाँ लेखिएको छ ? यद्यापि यो क्रम अघि बढिरह्यो भने सत्ता प्राप्तिको निम्ति उठाएको त्यो बन्दुग फेरी नउठ्ला ? सत्तामा पुग्लास कमरेड यो देश तिम्रो बाउले आर्जेको बिर्ता होइन कि जनताको रगत पसिनाले बनेको देश हो यो । सत्तामा पुग्लास कमरेड हात खुट्टा बाँधेर ड्युटीमा पठाएको सिपाहीको के अर्थ ? कमरेड ! सरकार ढाल्नु अनि गिराउनु जनताको लागि मतलब छैन तर गर्भधारण गरेर गर्भमा नौ महिना नपुग्दै तूहाउने अनि फेरी गर्भधारण गर्ने चरित्रहीन आइमाईको चर्तिकला कति बर्ष हो ? कमरेड ! जनता कसैको पेवा होइन अनि दासी पनि । जनता स्थीर राजनीति हेर्न चाहन्छ । कमरेड प्रचण्ड तिमीहरूको फोहोरी राजनीति देख्दा बाटोमा मागेर गुजारा टार्ने माग्नेको महत्व होला तर तिम्रो मार्क्सवादको पण्डित भएर पनि कोठीमा बेचिएकी हिजडाको जति नि देखिएन । कमरेड प्रचण्ड इतिहासले तिमीलाई एउटा पात्र बनाउन खोज्दै थियौ , नरक प्यारो लागेर खलपात्र रोज्यौ जनताले भन्नु केही छैन । जनता अव एउटै मात्र दिनको प्रतिक्षामा छ कि जतिबेला इतिहासलाई कालो बादलले मड़ारन खोज्ने , देश खियाएर खोक्रो बनाउन खोज्ने भारतीय दलाल , जनताको रगत र पसिनामा प्यासी जीवन जीउन खोज्ने पिपासुहरूलाई एउटै चिहान बनाएर खाडलमा पुर्न पाउने दिन आओस् ।