पासाङल्हामु राजमार्गमा १० टन भन्दा बढी भार बोक्ने कन्टेनरलाई प्रतिबन्ध

२०७३ श्रावण ८ गते, शनिबार

काठमाडौ, ८ साउन । पासाङल्हामु राजमार्गमा संचालनमा रहेका कंन्टेनरहरुले १० टन भन्दा बढी भार बोक्न स्थानिय प्रशासनले रोक लगाएको छ । रसुवा सडकखण्ड अन्तर्गत रहेको ग्राङ–मूलखर्क, खोपाङभिर, सानु भार्खु लगायत क्षेत्रमा पहिरोको जोखिम बढदै गएकाले १० टनभन्दा बढी सामान बोेकेका सवारी साधन वर्षायामभर नचलाउन प्रशासनले रोक लगाएकोे प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताए ।
हाल दैनिक सार्वजनिक यातायातका साधन सँगै चिनको केरुङबाट सामाग्री ढुवानी गर्दै आएका सयौ कन्टेनरहरु जोखिम मोलेरै भएपनि आवातजावत गरिरहेका छन । बिगतमा कन्टेनरहरुले १७ देखि २० टनसम्म सामान ढुवानी गर्ने गरेका थिए । बर्षायाम लागेसँगै पासाङल्हामु राजमार्ग अन्तर्गतका सडकखण्डमा जोखिम बढेसँगै सवारी साधन गुडाउन असहज हुदै आएको चालकहरुले बताएका छन् । एक लेनको सडकमा क्षमताभन्दा बढी सामान मालबाहक कन्टेनरहरुले ढुवानी गर्दा सडक भासिन गई दैनिक सडक अबरुद्ध हुन थालेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार