जथाभावी बाटो काटे प्रहरीको फन्दामा !

२०७३ श्रावण ९ गते, आईतवार

काठमाडौ, ९ साउन । ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने बटुवालाई केहीबेर नियन्त्रणमा लिने योजना बनाएको छ । सडक प्रयोगकर्तामा देखिएको लापरबाहीले हुने दुर्घटना न्यूनीकरण गर्न आजबाट लागू हुने गरी पदैलयात्रीलाई केन्द्रित गरी नयाँ योजना बनाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशााखाले उपत्यका केन्द्रित गरि पदैलयात्रीको सुरक्षाका लागि जेब्राक्रसबाट बाटो काट्ने र जेब्राक्रसलाई नटेर्ने चालकमाथि साताव्यापी कार्यक्रम गर्न लागेको हो ।
सडकमा जेब्राक्रस मेटिनु र पैदलयात्रीले बाटो काट्न खोज्दा चालकले गर्ने व्यवहारप्रति गुनासो बढेपछि महाशाखाले साताव्यापी कार्यक्रम गर्न लागेको हो । केही घटनामा पैदलयात्रीले र धेरैमा सवारी चालकले सडक अनुशासन उल्लंघन गरेको विश्लेषण महाशाखाको छ ।
महाशाखाका अनुसार उपत्यकामा ठूलासाना गरी दैनिक ३६ वटा सवारी दुर्घटना हुँदै आएका छन् । पदैलयात्रीको लापरबाहीबाट औसतमा १५ दिनमा ११ वटा दुर्घटना हुने गरेका छन् । जेब्राक्रसिङबाट बाटो काट्दा चालकले किचौँलाझैँ गरेको गुनासो बढेपछि निगरानी गरी कारबाही अभियान चलाइएको महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्यालले जानकारी दिए । – अन्नपूर्ण पोष्टवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार