पहाडमा पहिरो, तराईमा डुबान

२०७३ श्रावण ९ गते, आईतवार

काठमाडौं,९ साउन । पूर्वी नेपालको जनजीवन कष्टकर बन्दै गएको छ । लगातार पानी परेका कारण जनजीवन कष्टकर बन्दै गएको हो । निरन्तर पानी परिरहेकाले पूर्वी नेपालका साना ठूला सबैजसो नदीमा पानीको स्तर बढेको छ । जसका कारण पहाडी भेगमा पहिरो जाने तथा समथल क्षेत्र डुबानमा पर्ने गरेको छ । ती क्षेत्रमा अझै तीन दिनसम्म लगातार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिलेसम्म मोरङमा ३ सयभन्दा बढी, सप्तरीमा १ सय ५० भन्दा बढी, झापाको बिर्तामोड र भद्रपुरका १ सय भन्दा बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ ।कन्काई नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास बढेको छ । जसका कारण झापाको विभिन्न ठाउँका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । पानी परिरहेकाले पानीको सतहले चेतावनीको तह पार गर्ने सम्भावना बढेको हो । कन्काईमा पानीले सतहले खतरा पार गरे झापाको सतासीधाम, सुरुंगा, शिवगन्ज, सर्नामाडी, पाँचगाछी, कुमरखोड, कोरोवाडी, र महाभारामा बाढी आउनसक्ने जनाइएको छ । यता, बक्राहा खोला गाउँमा पसेपछि मोरङको मदुमल्ला, केरौन र हसनदह डुबानमा परेको छ । यसैगरी विराटनगरको वडा नम्बर ६ बखरी टोल पनि डुबानमा परेको छ ।
यसैबीच सप्तकोशीमा पानीको सतह २ लाख हजार ४ सय ५० क्यूसेक पुगेपछि ३० वटा ढोका खोलिएको छ । भारतले ढिलो बाँध खोल्दा बाढीले आसपासका गाउँ विकास समितिमा कटान थालेको छ ।
पानीको बहाव बढेपछि उदयपुर, सुनसरी र सप्तरीका डेढ दर्जन गाविसका बासिन्दा बाढीको उच्च जोखिममा परेका छन् । बाढीले पूर्वी तटबन्धमा कटान थालेकाले कोशी प्रभावित क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार