फेसबुकको नाफा दुई सय करोड डलर

२०७३ श्रावण १५ गते, शनिबार

काठमाडौ, १५ साउन । फेसबुकले गएको वर्षको तुलनामा यो वर्ष १८६ प्रतिशतले मुनाफा गरेको छ । फेसबुकको यो वर्षको चौमासिकमा दुईसय करोड डलर नाफा कमाएको हो । जबकी गएको वर्ष कम्पनीको मुनाफा ७१ दशमलव ९ करोड थियो । कम्पनीका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गले यो खुसियालीमा एक भिडियो सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘एक चौमासिकमै हाम्रो व्यवसायले राम्रो कमाई गरेको छ । हामी खुसी छौं ।’
कम्पनीले सबैभन्दा बढी मोबाइलको विज्ञापनबाट नाफा कमाएको जनाएको छ । कम्पनीको नाफाको ८४ प्रतिशत मोबाइल विज्ञापन भएको जनाएको छ । गएको वर्ष ६ प्रतिशत मोबाइल विज्ञापनबाट कमाएको थियो । सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या जुन ३० सम्ममा १५ प्रतिशतले बढेर १७१ करोड पुगेका छन् । विज्ञापनवालाहरुले यस्तो आँकडालाई हेरेर विज्ञापन दिने गरेकाले फेसबुकले अझ नाफा कमाउने देखिन्छ । फेसबुकको तुलनामा ट्वीटरका प्रयोगकर्ता जम्मा ३ प्रतिशतले मात्र बढेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]