आत्मनिर्भरताको पिरलो – शोभा गजुरेल

२०७३ श्रावण १५ गते, शनिबार

बिहान अलार्मको घन्टी बज्दा म अर्धनिन्द्रा मै हुन्छु, हतार–हतार उठेर बाथरुम पस्छु । अहो मेरो निन्द्रा अझै खुलेको हुन्न । कहिलेकाहीँ त्यही निदाई दिन्छु । फेरि झसंग भै ब्युँझन्छु, बुरुश समात्छु, अनि घ्वार आवाज दिएर कराउने त्यो बुरुसले मलार्ई थोरै भए पनि जगाउँछ । यसो मुख धोइदे जस्तो गर्दै निन्द्रालार्ई भगाउने कोसिस मै हुन्छु । सोच्छु हरे मेरो जिबन, के यही हो त जीबन ? कस्तो आनन्दले निन्द्रा पु¥याएर सुत्न पनि नपाउनु । अनि फेरि अर्को मनले घच्घच्याउँछ आमै के भनेको आत्मनिर्भर स्वाभिमानी भएर बाँच्न पाउनु त धेरै ठुलो कुरा हो । निन्द्रा ठुलो कुरा होइन, हरेक बिहानी मेरा यी दुईमनको टकराब पर्छ, अनि जित्छ स्वाभिमानको बहसले । बहुमत प्राप्त भयो स्वाभिमानलार्ई । अनि हतर पतर हस्याङफस्याङ कफी पिउँछु अनि भगाउछु निन्द्रा । स्वाभिमानी बन्दिनलार्ई केही खाएर त हिँड्नु प¥यो । भर्खर बिउझेको मात्र के हुन्छु मुखमा ठोस्छु बुझो, नखाई भएन काममा जानु छ । कति गाह्रो कठै आत्मनिर्भर बन्न । आपूmलार्ई स्वाभिमानी भनाउन । न सुत्न पाउनु छ न भोक लागेर खान समय मिल्छ । त्यति बेला खाइदिनु पर्ने, कति अप्ठ्यारो न जाडो भयो भन्न पाउनु, न झरि प¥यो, न आज नजाऊ कि भन्न पाइने, कति कस्ट उठाउनु पर्ने यो स्वाभिमानको शब्द पाउन । अनि कहिलेकाही आप्mनै मनलार्ई सोध्ने गर्छु, किन मलार्ई आत्मनिर्भर बन्न मनलागेको होला ? आ बरु आरामले घरमा बस केको यो टन्टा । आखिर ४ गास खाने न हो । त्यो खान पनि किन यति धेरै टेन्सन लिने ? आफ्नो मातृभुमि छाडेर अर्काको देशसम्म आएर पनि आत्मनिर्भरताको यो संघर्ष उठाउन मन लाग्ने । यो मेरो हरेक दिनको बिहानको कथा हो । यी दुईको टकराबमा मेरो हरेक दिनको बिहानीले मलार्ई झक्झक्याउछ । एउटा मनलार्ई आत्मनिर्भरताको उज्यालो किरणको अनुभूति हुन्छ भने अर्कोलार्ई एक्लोपनले पिरोली रहेको हुन्छ । आफन्तसँग टाढा भएर बस्न परेको कहाली लाग्दो क्षणलार्ई बिर्सन हरेक बिहानी धेरै कस्टकर पनि त छ । यी दुइ मनमा कुन सही र कुन गलत ? हरेक बिहानीको किरणसँगै यी दुइको झगडामा आजसम्म मेरो आत्मनिर्भरताको जित भए र नै होला, हरेक दिन उत्साह जागरकासाथ अगाडी बढिरहेकै हुन्छु । थकाइले लखतरान परेको जिउ राति घर फर्कंन्छु तर पनि कता कता आत्मनिर्भरताको खुसीले मलार्ई बल दिइरहेको महसुश गर्छु । जिउ थाक्छ तर आत्मबल थाकेको महसुश हुन दिँदैन । आत्मनिर्भरताले घच घचयाएरै होला सायद मेरो मन कहिले उदास छैन । आफ्नो कार्यमा अगाडी बढ्न यो थाकेको जिउपनि तम्तयार बनि भोलि बिहानको त्यो निन्द्रा बाट मलार्ई बिउझाउन सफल हुन्छ । बिहानै आमाको आवाज सुन्छु, भाईबरलार्ई धन्यवाद दिन्छु । कमसेकम यो फ्री कलले मलार्ई केहि क्षेन भएपनि आमाको न्यानो काखमा बसेको अनुभूति गराई दिन्छ । यो मांसपेसीको डल्लो आमादेखि टाढा भएपनि आत्मा आमा कै साथमा छ । यहि सोच्दै आमाको केही बेरको त्यो मिठो बोलीमा हराउछु । छोडेर गइस चेपारे नपार हरेक दिन आमाले दिने यो गालीमा म आपूmलार्ई अझ आमाको नजिक पाउछु । कति प्यारो गाली गर्छेउ आमा भनि मनमनै खुसी हुन्छु । आम्मै छोराहरूसग पनि त झगडा गर्नु पर्ने मैले, सम्झन्छु आमालार्ई आग्रह गर्छु, उनीहरूको बोलीमा कोइलीको आवाज पाउछु । अनि आपूmलार्ई कति हो कति भाग्यमानी सम्झदै बुवा कहाँ हुनुहुन्छ नि भनि सोध्छु । जवाफमा पाटी कार्यालय बाबा त, अनि सोच्छु आखिर मेरो बाबा पनि त बिहानै दौडिसक्नु भएको छ, उही यात्रामा । अनि म पनि निस्कन्छु आत्मनिर्भरता को यात्रामा कति लामो रहेछ यो यात्रा पनि कहिले होला पुरा हुने ? यहि सोच्दै आफन्त साथीभाई सबैलार्ई एक पटक याद गर्छु । फेरि आफैलार्ई सम्झाउदै भन्छु, ज्यान टाढा भएर के भयो र शोभाको मन त नेपालमै छ नि । मांसपेशीको डल्लो यहाँ भएर के भयो र ? तेरो आत्मा नेपालमै छदै छनि, अनि किन दुखि हुनु । आखिर मानिसको जिबन त् संघर्ष नै होनी । आफैले आफैलार्ई सम्झाउदै हरेक दिनलार्ई मनाउन थालेको पनि दशक नै हुन लागेछ । कति सम्झाउछेस कहिले काहि मन रिसाई दिन्छ, अनि हत्तन पत्त अर्को मनलार्ई बोलार्ई दिन्छु । अनि त्यहि आत्मनिर्भरताको मनको बहुमतले उसको रिस शान्त हुनैपर्छ । यसो पूmर्सद भए काका–काकी, ठुलोबुवा–ठुलोमामु, पूmपु–पूmपाजु, दाजुभाइ, दिदीबहिनी, भदाभदै, सबैलार्ई फेसबुक मै भए पनि स्काइप मै भेटे पनि फोनको घन्टी लगाइदिन्छु । उनीहरू पूmर्सद हुन् नहुन आपूm पूmर्सद भए पुग्यो । मलार्ई अनि उताबाट जवाफ आउँछ कहिले आउने ? अनि कहिलेकाहीँ यसो सोच्छु यो कहिले आउने भन्ने शब्द सबैले बिर्सिदिए पनि कति गज्जब हुन्थ्यो होला । अझ यस्तो लाग्छ यो सब्द नै नभैदिय कसैले मलार्ई कच्कच गर्ने त थिएनन् । अनि अर्को मन भन्छ निस्ठुरी तलार्ई तेरो आत्मनिर्भरताले यति कठोर बनाई सक्यो । आफन्तको माया पनि ‘‘ अनि फेरि सोच्न बाध्य गराउने त्यो अर्को मनलार्ई धन्यवाद दिदै मेरा आफन्तको मायाको त्यो कहिले आउने प्रस्नको जवाफ खोज्न बाध्य हुन्छु । धेरै जिद्दी गरि रहनेलार्ई छिट्टै आउछु भन्छु, अलि कम जिद्दीहरूलार्ई एक दुई बर्शपाची भन्दै टारी दिन्छु । सायद त्यो माया कै प्रभाब त होला। दसकौ बित्दा पनि सदै छिट्टै आउछे भन्ने आशमा मेरा आफन्तले मलार्ई आत्मनिर्भरताको यो मनलार्ई साथ दिई रहन्छन् । आउछे उ छिट्टै आउछे, त्यही भनि मेरो बाटो हेरी रहन्छन, मायाले अडेको यो संसारमा मलार्ई माया गर्ने मेरा आफन्त, छरछिमेक, इस्टमित्र, शुभचिन्तक सबैलार्ई म आउने छु । मेरो देश म छिट्टै आउदै छु, आज पनि यही भन्छु, भनि रहन्छु । म पक्का पनि सबैलार्ई भेट्न अबश्य आउने बाचा गर्दछु । – फ्रान्सबाट

प्रतिक्रियाहरु

[anycomment]