खेलाडीको दुरुपयोग नगरौ – ध्रुबबिक्रम मल्ल
आम नेपालीको स्वास्थ्य सेवासंग प्रत्यक्ष जोडिएको, चिकित्सा शिक्षाभित्रका विकृती हटाउने अभियानमा जुटेका भ्रस्टचार बिरुद्धका अभियान कर्ता ईमान्दार सरल स्वभाबका आफ्नै ज्यान धरापमा राखेर सर्बसाधारण जनताको पक्षमा आबाज उठाउनेलाई दलाल, माफिया, बिदेसीको ईसारामा डलर खेति गर्ने भनि आक्षेप लगाउदै डा. गोविन्द केसीको विरुद्धमा काठमाडौँको सडकमा प्रदर्शन भयो ।
डा. केसीसँग भएको सम्झौता खारेज गर्नुपर्ने माग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको पक्षमा नाराबाजी भएको देख्दा र डाक्टर बन्न मेडिकल कलेजले ६० लाख रुपैयाँ भन्दा बढी शुल्क असुल्न पाउने माग देख्दा पनि लाज पचाएर नै हेर्नु पर्ने दिन आएछ l
पैसा हुने वित्तिकै डाक्टरी पढ्न पाउनु पर्दछ र तिनिहरुलाई जसरी पनि डाक्टर बनाउनु पर्दछ भन्ने मान्यता राख्ने डा.भोला रिजाल आफ्नो कलेजको अवस्थालाई सुधार गर्नतर्फ लाग्दा नै निजी मेडिकल कलेजलाई हित होला l
राष्ट्रको सदभावनादुतको भूमिका निभाउने कराते खेलाडीहरुलाई एउटा जमातले दुरुपयोग गर्दै लोकमान कार्की यो देशका सर्बेसर्बा महानपुरुष देख्दै “यूवा र खेलकर्मीको चाहना,भ्रष्टाचार रहित मुलुक को परिकल्पना” भन्दै बचाउमा देखिए । खेलाडीहरुले साफ गेम्स, एशियन गेम्स र ओलम्पिक गेम्समा देशको झन्डा फरफराउने गरि पदक भित्राउन तिर लाग्नु पर्ने हो । तर यहा त्यसको विरुद्ध देखियो । तसर्थ खेलाडीहरुले आफ्नो ध्यान केन्द्रित गरौ , आफ्नै सिप बिकासमा ध्यान केन्द्रित गरौ । अन्यथा समग्र खेल जगत र खेलाडीमाथि नै जनघृणा बढन सक्छ ।