मेरो बुद्ध मेरो नेपाल मनोरंजन सांझ सम्पन्न

२०७३ श्रावण १५ गते, शनिबार

काठमाडौं, १५ साउन । बुद्ध, मि एण्ड नेपालले भूकम्पबाट ग्रस्त जिल्ला सिन्धुपाल्चोकमा बुद्धको १०० फुट अग्लो मुर्ति तथा शिक्षालय स्थापनार्थ साउन १४ गते राजधानीको प्रज्ञा भवनमा “बुद्ध, म र नेपाल मनोरञ्जन साँझ २०७३“ नामक एक भब्य मनोरन्जनात्मक साँगितिक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको सुरुवात चर्चित गायिका कोमल ओलीले आफ्ना चर्चित गीतहरु गाएर गरिन । उनको पछील्लो समयमा चर्चित रहेको तिज गीत पोइ पाउँ भनेर गीत गाउँने लास्टै चोटि हो लगायतका गीत दर्शकहरु संगै नाच्दै गाएकी थिईन । कार्यक्रममा चर्चित हास्यकलाकारहरु किरण के.सी, शिवहरि पौड्याल र सबिता गुरुङको प्रहसनले धेरैलाई हसाएको थियो । उनीहरुले देशको परिस्थितीको वारेमा व्यगंतामक रुपले राजनीतिलाई घोचपेच गरेकाथिए । त्यस्तै दिपकराज गिरी, दिपाश्री निरौलाको पृथक प्रस्तुतीले दर्शकलाई थप मनोरंजन प्रदान गरेको थियो । सुरेन्द्र के.सी., शिवशंकर रिजालको प्रहसनले गौतम बुद्धको जन्म स्थान र संस्थाको उद्देश्य अनुरूपको सन्देश मुलक मनोरंजन दिएको थियो ।कार्यक्रममा शंकर वि.सी. र पार्वती राईको नृत्यमा दर्शकहरु निकै रमाएका थिए । त्यसैगरी नायक सुशिल छेत्री तथा नायीका तथा निर्मात्री जेनी कुँवरको नृत्यलाई पनि दर्शकहरुले हुटिङ्ग दिईरहेका थिए । गायक डिजराज पौडेलले आफ्नो निकै चर्चित गित तिमी आउने बाटोमा गाउदा दर्शकहरु मन्त्रमुग्ध भएकाथिए । राजेश पायल राइले आफ्ना चर्चित गीत गाएर थप मनोरन्जन प्रदान गरे । कार्यक्रम संचालनको जिम्मा लिएका हास्यकलाकार मनोज आचार्य र विल्सनविक्रम राईले पनि दर्शकहरुलाई पटक पटक हसाएका थियो ।
बुद्ध, मि एण्ड नेपाल नामक संस्था नेपालको ७५ वटै जिल्लामा १०० फुट भन्दा अग्लो र सोही स्थानमा बुद्ध शिक्षालय स्थापना गर्ने निकै महत्वपूर्ण र महान लक्ष्य बोकेर स्थापना भएको संस्था हो । यसै क्रममा पहिलो पटक सिन्धुपाल्चोक जिल्लाबाट यसको निर्माण गर्ने उद्देश्य अनुरुप यस् कार्यक्रमको आयोजना गरिएको हो । यस् योजनालाई साकार वनाउन र सफल वनाउन सहयोगार्थ नियमित कायक्रमको आयोजना गरिने सँस्थाका अध्यक्षगौतम मान सिंहले जानकारी दिए । संस्थामा नेपालका चर्चित कलाकार,व्यापारी,समाजसेवीहरुको संलग्नता रहेको छ । यस अभियानमा सवैको सहभागीता गराउनु पर्छ भन्ने अभिप्राय स्वरुप सस्थाका आजिबन सदस्यहरुले ’शान्तिपूर्ण र बिकसित नेपाल हाम्रो आगमी पुस्तालाई हस्तान्तरण गरौँ ’ भन्ने प्लेकार्ड शो गरेका थिए ।कार्यक्रममा संकलन भएको रकम सिन्धुपाल्चोक जिल्लामा १०० फुट अग्लो बुद्धको मूर्ति र बुद्ध शिक्षालयमा खर्च गरिने जानकारी संस्थाका उपाध्यक्ष शिवहरि पौडेलले जानकारी दिए । संस्थामा अध्यक्ष गौतम मान सिंह छन , उनि रेयुकाई नेपालकाअध्यक्ष समेत हुन । उपाध्यक्षमा कलाकारहरु, किरण के.सी, शिवहरि पौडेल, सुरेन्द्र के.सी महासचिवमा गायिका सुनीता दुलाल, सचिवमा गायक डिजराज पौडेल अन्य सदस्यहरुमा शिवशंकर पानवाला,मृगेन्द्र भट्राई अम्बिका डंगोल, उर्मिला श्रेष्ठ छन । आजिवन सदस्य वन्न चाहने सदस्यहरु दिन प्रतिदिन बढ्दो रहेको जानकारी संस्थाले दिएको छ । आगामी दिनहरुमा पनि विभिन्न कलाकारहरुको साथ लिएर देशैभर उद्देश्य अनुसार गौतम बुद्धले दिएको सन्देश र ज्ञानलाई आत्मसा तगर्न प्रेरित गराउन विभिन्न कार्यक्रमहरु आयोजना गरिने जानकारी संस्थाका अर्का उपाध्यक्ष किरण के.सी.ले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार