सीमा समस्याको कूटनीतिक तवरमा समाधान खोजिनुपर्छ – डा भट्टराई
काठमाडौं, १५ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले भारतीय पक्षाबट सीमा क्षेत्रमा एकपक्षीय रुपमा बाँध निर्माण गर्ने कार्य गलत भएको बताएका छन । पब्लिक मिडियाद्वाराधनगढीमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सीमामा उत्पन्न हुने समस्याको कूटनीतिक तवरमा दुवै देशले दीर्घकालीन रुपमा समाधान खोजिनुपर्ने बताए । साथै उनले दुवै पक्षका जनतालाई भिडाउने काम गर्नु गलत भएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीको क्रियाकलापका बारेमा सोधिएको प्रश्नमा यो विषय संसद्मा प्रवेश भइसकेकाले सार्वभौम संसद्ले प्रक्रिया अघि बढाई टुङ्ग्याउनुपर्ने उनको धारणा थियो ।