न्यायाधीश नियुक्ति प्रक्रिया आइतबार टुंगिदै

२०७३ श्रावण १५ गते, शनिबार

काठमाडौं, १५ साउन । सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नियुक्ति प्रक्रिया आइतबार टुंगिने भएको छ । व्यवस्थापिका–संसद, संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान हुने बैठकले प्रस्तावित न्यायाधीशको उपयुक्तता वा अनुपयुक्तताबारे निर्णय गर्नेछ । गत बुधबार र बिहीबार समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइ पूरा गरेपनि निर्णय भने गरेको थिएन । शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेकाले समितिको बैठक स्थगन भएको थियो ।
यसैगरी, आइतबारको बैठकमा २२ मुलुकका लागि प्रस्तावित राजदूतकाबारेमा समितिलाई प्राप्त गोप्य उजुरी खोलिने तथा ती उजुरी समितिका सबै सदस्यलाई अध्ययनार्थ वितरण गर्ने कार्यसूची निर्धारण गरिएको संसदीय सुनुवाइ विशेष समितिले जनाएको छ । उजुरी अध्ययनपछि उक्त समितिले प्रस्तावित राजदूतहरूको सुनुवाइ थाल्ने बताइएको छ ।- रासस

प्रतिक्रियाहरु

[anycomment]