रोबोटले बनाए विश्व कीर्तिमान

२०७३ श्रावण १७ गते, सोमबार

काठमाडौ, १७ साउन । चीनमा एक हजार सातवटा रोबोटले एकसाथ नृत्य गरेर विश्व कीर्तिमान बनाएका छन् । चीनको शानदोङ्ग सहरमा शनिबार आयोजना गरिएको विशेष कार्यक्रममा रोबोटको सामूहिक नृत्य प्रदर्शन गरिएको थियो । गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा एक हजार सातवटा रोबोटले एक मिनेट नृत्य गरेका थिए ।
४३.८ सेन्टीमिटर लम्बाईका रोबोटलाई नृत्यमा समावेश गरिएको थियो ।
यसअघि ५४० रोबोटले सामूहिक नृत्य गरेर विश्वकीर्तिमान कायम गरेका थिए । चीन कै शेङझेनमा ५४० रोबोटले बनाएको कीर्तिमानलाई शानदोङ्गमा भएको कार्यक्रममा एक हजार सात रोबोटले तोडेका हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]