प्रधानमन्त्रीको चुनाव साउन १९ गते

२०७३ श्रावण १७ गते, सोमबार

काठमाडौं, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय पद्दतिअनुसार प्रधानमन्त्री चयन गर्न आह्वान गरेलगत्तै सोमबार सभामुख ओनसरी घर्तीले बुधबार मध्याह्न ११ बजे प्रधानमन्त्री चयनका लागि मतदानको तिथि निर्धारण गरेकी छिन । सोहि दिन नयाँ प्रधानमन्त्रीका लागि व्यवस्थापिका–संसदमा निर्वाचन हुने भएको छ ।
त्यस्तै, प्रधानमन्त्रीका उम्मेदवारी मनोनयन गर्नका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ । मंगलबार दिउँसो साढे ४ बजे उमेदवारको सूची प्रकाशन गरिनेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । नेकपा एमालेले प्रधानमन्त्रीमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न बाँकी नै छ ।

प्रतिक्रियाहरु

[anycomment]