दुई टाउको, तीन हात भएको बच्चा !

काठमाडौं, १८ साउन । भारतको मुम्बईकी एक महिलाले अलि विशेष खालको बच्चा जन्माएकी छन् । नवजात शिशुको तौल ४.५ किलोग्राम छ । यो बच्चाको छातीमा दुई वटा टाउकोका साथै शरीरमा तीन वटा हात पनि छ । बच्चाको दोस्रो टाउको काँधनिर छ । यो बच्चाकी आमाको नाम शाहीन इरशाद खाने हो । उनी मुख्यतः उत्तर प्रदेशको फतेहपुर निवासी हुन् । जब उनलाई लिभर पेनपछि मुम्बईस्थित अस्पताल भर्ना गरियो तब कसैले सोचेका पनि थिएनन् कि के हुँदैछ । उनको बच्चा देखेर चिकित्सकहरु पनि आश्चर्यमा परे । अस्पताल प्रशासनका अनुसार जम्ल्याहा बच्चा जन्मने गर्दछन् तर दुई वटा टाउको र एउटा मुटु भएको बच्चा ५ लाखमध्ये १ वा २ मात्र हुने गर्दछन् ।
सायन अस्पतालका बाल चिकित्सक (सर्जरी विभाग)का विभागाध्यक्ष डा. पारस कोठारीका अनुसार अहिले बच्चाको अवस्था सामान्य छ। उसलाई अस्पतालको निगरानीमा राखिएको छ। सबै विभागका चिकित्सकले बच्चाको जाँच गरेपछि कुनै निर्णयमा पुगिनेछ । चिकित्सकहरुका अनुसार जब एउटा फर्टिलाइज्ड एग दुई भागमा बाँडिएर अलग अलग हुन्छ तब यस्ता बच्चा (आइडेन्टिकल ट्वीन्स) वा यसप्रकारका बच्चा जन्मने गर्दछन् । – एजेन्सी