राजनीतीक सफाइका निम्ति एकीकृत जनक्रान्ती – भोला घिमिरे

२०७३ श्रावण १८ गते, मंगलवार

विश्व साम्राज्यवाद र भारतीय बिस्तारबादको उपनिबेसिक बन्दै गएको नेपाल र नेपाल कै तानाशाही राजतन्त्र र संसदीय ब्यवस्थाको विरुद्ध लडेर भोका नाङ्गा मजदुर किसान आदिवासी जनजाती मधेसी मुस्लिम पिछडिएको बर्ग जाती क्षेत्रलाई अधिकार सम्पन्न बनाउदै जनतालाई नै सर्बोपरी मानेर जनताकै मुक्तिको लागि युद्धको सुरुवात गरेको तत्कालीन नेकपा माओबादी जनयुद्धको समयमा एक ढिक्का बनेर निरन्तर तानाशाहि राजतन्त्र र कथित संसदीय ब्यवस्थाको विरुद्धमा लडिरहयो। त्यसैको फलस्वरूप देस भरी माओबादीबाट परेको प्रभाबले तत्कालीन राजा बिरेन्द्रको हत्यापछि राजगद्दी सम्हालेका ज्ञानेन्द्रको निदहराम हुन पुगेको थियो भन्ने कुरा ज्ञानेन्द्रले शेरबहादुर देउबालाई असक्षमबिल्ला भिराएर सत्ता च्युत गरेको बिगतलाई सम्झिदा नै काफी हुन्छ। ज्ञानेन्द्रको कु र काङ्ग्रेस एमालेमाथी गरिएको बरबरतालाई सहन यिनिहरुलाई धेरै गाह्रो भएको थियो । सत्ता हत्याएर सत्ताको बागडोर सम्हालेका ज्ञानेन्द्र भने काङ्ग्रेस ,एमाले लगायत अरु पाच राजनीतिक दलका नेतालाई नजरबन्दमा राखे । त्यसबेला बरबर दमन खेपेर बसेका उनिहरुका कार्यकर्ता पनि थकित बनिसकेका थिए । ३१ महिनासम्म सडकमा एक दुई सय कार्यकर्ता उतारेर आन्दोलनमा गएका ति दलहरुले आफ्नो होस समेत गुमाइ सकेका थिए ।
उता माओबादी निरन्तर युद्धमा थियो । आफ्नो जनसेना, जनसत्ता ,जनअदालत सहितको समानान्तर सत्ता चलाइ रहेको माओबादीले देसको ७०/८० प्रतिशत भुभागलाई आफ्नो नियन्त्रणमा लिएको थियो । त्यो बेला माओबादीको ठूलो हिस्सा र उसको जनसेना देखि जनसत्तासम्म बनाउन सफल बिद्रोही पार्टीलाई हातमा लिने र ज्ञानेन्द्रको विरुद्ध नया आन्दोलन थाल्ने मोडमा पुग्नु काङ्ग्रेस ,एमाले लगायत अरु दलको हार थियो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबाले माओबादीलाई एक बर्षमा सिध्याउने भन्दै शाहीसेना परिचालन गर्नु र त्यसको ठिक तिन बर्षछि माओबादी कै पाउमा पर्नु पनि माओबादी जितको उदाहरण थियो ।
माओबादीलाई सिध्याउन अनेकौं चालबाजी रच्ने गिरिजाप्रसाद कोइरालासहितका अरु पार्टीका नेतृत्वहरुले माओबादीसग गरिएको बाह्र बुदे शान्तिसम्झौता थियो । त्यही शान्ती सम्झौताको जगमा टेकेर १९ दिने एतिहासिक जनआन्दोलनले तानाशाह राजतन्त्रलाई घोडाबाट भुइँमा पछारिदियो ।
त्यसको जस १९ दिने जनआन्दोनले मात्र लियो र १० बर्से जनयुद्धलाई अबमुल्यन गरियो । घाइते , अपांगलाई अबमुल्यन गरियो। माओबादीलाई सिध्याउन अनेकौं चालबाजी गरियो। तर माओबादी पहिलो संविधान सभा चुनाबमा भारी मत सहित बिजय बन्यो।
माओबादीको बिजय र यिनिहरुको अस्तित्व पनि त्यही संविधानसभाको चुनाबपछि बन्ने संविधानले मार्गनिर्देश गर्ने काङ्ग्रेस एमालेले नबुझ्ने कुरै भएन । अनेकै बाहाना र जाल झेल गर्दै माओबादीको शक्त्तीलाई कमजोर बनाउन रातदिन दौड धुपमा लागेका यी पार्टीहरुले प्रचण्ड प्रधानमन्त्री बनेपछि पनि धेरै बाधा अड्चन ल्याएर माओबादीलाई असफल बनाउन लागि रहे ।
प्रधानसेनापति प्रकरणमा माओबादीलाई धोका दिएको एमालेले भारतिय पुजारी फेर्ने निणयमा धोका दिएको कुराबाट पनि प्रस्ट हुन सकिन्छ कि काङ्ग्रेस ,एमाले माओबादीलाई मुसो भएको हेर्न चाहन्थे । फलस्वरुप लामो समयसम्म राजनीतिक तिक्तता र अस्थिरताले देस अनि जनतालाई आजित बनाइसकेको थियो। यहि खन्डमा माओबादी बिभाजन र संविधानसभालाई बिघठन गराउन काङ्ग्रेस ,एमाले सफल भए भने माओबादीलाई आफ्नै एजेन्डालाई तुहाएको आरोप समेत लगाए । यो अवस्था सम्ममा माओबादीको सम्पुर्ण शक्ति काङ्ग्रेस, एमालेले खोसिसकेका थिए। कथित दोस्रो संविधानसभा काङ्ग्रेस, एमाले कै योजनामा गरियो । फलस्वरूप माओवादीको एक हिस्साले नराम्ररी हार खायो। माओबादीको अर्को हिस्सा रमाइ रहयो। तर रमाउनु मात्र बहिस्कार गरेको माओबादीको लागि एउटा नाटकीय स्वरुप देखियो। बहिस्कार भयो तर उपलब्धि शून्य रहनु दुखद कुरा हो र थियो। यहि दौरान एमाओबादीलाई फसाएर आफू अनुकुल संविधान घोषणा गरेका काङ्ग्रेस , एमालेले बिद्रोहको घोषणा गर्न लागेको माओबादीको अर्को हिस्सालाई बाइपास गरि नेपाली जनतालाई धोका दिए । संसदबादी दल शान्ती र सम्बिधानको कुरा त गरे तर सम्सदिय संविधान मान्दैनौं भन्ने बिद्रोही शक्त्तीलाई अपमान गर्नुले उनीहरुले आफैले युद्धको बिजारोपण पनि गरे ।
संविधान जारी भएपछिको अवस्था निहाल्ने हो भने देस गम्भीर मोड छ । यो संविधानबाट आदिवासी ,जनजाती, मधेसी कोही पनि खुसी छैनन । १० बर्स जनयुद्ध गरेको एउटा ठूलो हिस्साले नै यो सम्बिधानको कडारुपमा बिरोध गर्दै आएको छ।
यस्तो अबस्थामा संसदबादी दलले संविधानलाई लुटि खाने भाडो बनाउनु उनिहरुका लागि दुर्भाग्य हो भने यो संविधानको बिरोध गर्ने माओवादीहरुका लागि भने अर्को बिद्रोहको सुनौलो अवसर हो ।
यहि अवस्था र परिस्थिति रहिरहे अब संसदबादीले नचाहे पनि अर्को बिद्रोह निस्चित बनेको छ । त्यसको लागि नेत्रबिक्रम चन्द ले नेतृत्व गरेको माओबादीको कार्यदिसालाई हेर्दा प्रस्ट हुन्छ ।
नेत्रबिक्रम चन्दले नेतृत्व गरेको नेकपा माओबादीको एकीकृत जनक्रान्तीको कार्यदिसाले जनस्तरबाटै समानान्तर सत्ताको प्रयोग र संबिधान जारी गरिएको अघिल्लो दिन उसले आफनै संबिधान जारी गर्नुले पनि देश सम्भाभित युद्ध भन्दा टाढा छैन कुरा प्रस्ट भएको छ । परिवर्तनको कुरा जादुको छडी होइन । परिवर्तन गर्नु छ भने सोचलाई परिवर्तन गर्नुपर्छ ,बिचारलाई परिवर्तन गर्नुपर्छ । पुरानै बिचार बोकेर परिवर्तन सम्भब छैन । पुरानै ब्यवस्थाबाट परिवर्तन हुन्छ भन्ने सपना देख्नु भनेको गोरु पालेर ढुंग्रो भरी दूधको आस गर्नु जस्तै हुनेछ। त्यसैले एक पटक राजनीतीलाई सरसफाइ गर्न एकीकृत जनक्रान्तीको कार्यदिशालाई अगाल्दै ब्यवस्थाको परिवर्तन गर्न लागौं ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

राज्य र समाजका अन्तर्विरोधहरू

२०८२ पुष १ गते, मंगलवार

चुनाब किन र कसरी !

२०८२ मंसिर ३० गते, सोमबार

मानव समाज र श्रमिक(दलित)समुदाय

२०८२ मंसिर ३० गते, सोमबार