विमान दुर्घटनाबाट बालबाल बच्यो
काठमाडौँ, १९ साउन । इमिरेट्स एयरलाइन्सको एउटा विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । अनलानमा जारी तस्वीरहरुमा विमानबाट कालो धुँवा उडिरहेको देखिएको छ। लोकप्रिय न्युज च्यानल अल अरेबियाले ट्वीट गर्दै तस्वीर पोस्ट गरेको छ । दुबई सरकारको संचार कार्यालयले अहिलेसम्म कुनै मानवीय क्षतिको सूचना जारी गरेको छैन । एयरलाइन्सले घटनाको पुष्टि गरेको छ । यो विमान भारतबाट दुबईका लागि उडेको बताइएको छ। आपतकालीन अवतरणको कारण स्पष्ट भइसकेको छैन ।- एजेन्सी