सात समुन्द्रपारिबाट प्रियसीलाई पत्र

प्रिय प्यारी मायालु
सात समुन्द्रपारिबाट अजम्बरी माया तिमिलाई ।
म यहाँ आराम छु । त्यहा तिमीपनि आराम छौ भन्ने आस छ। दिन दिनै फेसबुक र भाइबरबाट कुरा भए पनि आज यो पत्र लेख्न बाद्दय भए । समए मिलाएर दुई पटक पढ्नु है ।
आज म यो ५२ डिग्रीको गर्मीमा हिलाम्मे शरीर अनि आखाभरी आँसुका साथ पत्र लेख्दैछु । सत्य कुरा प्रिय, प्राय मलाइ तिमिहरु कसैको याद आउदैन । दिनभरी पसिनाले भिजेको शरीर कामको तनाब, कहि कतै सितल भेटिन्छ कि भनेर खोज्दै ठिक्क हुन्छु म ।तर यो मरोभुमिमा कहाँ भेटिनु सित्तल यो चरा खस्ने गर्मीमा ।
मलाइ कहि कतै कसैको बारेमा सोच्ने फुर्सद छैन। दिननभरिको थकानले आफ्नो कोठामा पुग्ने बित्तिकै आराम गर्ने सपना हुन्छ , ढल्किने बित्तिकै निदाउछु । अनि यसो आराम गरिसकेपछि उठेर फेसबुक हेर्छु । हजारौं साथीहरु अनलाईन देखिन्छ्न बोल्ने मूड हुदैन । कसैले के छ भनेर सोधिहालेमा ठिक छु भन्छु कुरा यतिमै सकिन्छ । साथिले लाइक को बटन दबाउछ । तिमीसंग बोल्ने समय मिल्दैन । यहा दिउँसो हुदा त्यहा रात परिसकेको हुन्छ। फेसबुकमा मोटाएको, फोटो सफा देखेर राम्रो र सुख छ भन्ने सोच्छौ होला । तर यो त मोटाएको भन्दा पनि पेट मात्रै लागेको हो । खानाको तरिका नमिलेर । जस्तो सुगुर राम्रो खाएर मोटाको हैन प्रिय् । यहाँ बिरामी हुने फुर्सद छैन । सारिरिक ब्यायाम गर्ने समय छैन । बेलुका पकाएको बासी खान प्लास्टिकमा बोकेर घाममा तताएर खानु पर्छ । ठुस्स गनाए पनि खानु पर्ने बाद्यता छ। यहाँ एक जोडी लुगा र चप्पल फेर्नपनि आट आउदैन । तर तिमीहरु गफ गर्छौ टोलमा गएर मेरो बुढा बिदेसमा छ। मेरो छोरा बिदेसमा छ । मेरो दाइ भाइ बिदेसमा छन । बिदेशमा सजिलो छैन प्रिय् । भन्छौ राम्रो मोबाइल पठाइदिनु , राम्रो मोबाईललाई कति पैसा पर्छ थहा छ तिमिलाइ ? यदि राम्रो मोबाईल बिगि्रएको अबस्थामामा बनाउने औकात छ कि छैन हामीसंग बुझ्नु जरुरी छ प्रिय् । मेरो कति तलब छ , एउटा् मोबाईल किन्न मैले कति काम गर्नु पर्छ ? एउटा् मोबाईल किन्दा त्यो महिना फाटेको कट्टु , मोजा फेर्ने औकात हुदैन यहाँ ।
सुन्छु तिमीपनि अर्काको घरमा खेताला गएर पैसा कमाएर मोबाईल डाटा किनेर फेसबुक चलाउछौ रे ।
प्रिय् आफ्नो ख्याल राख्नु । तिमिलाइ मनमा पिर नहोस भनेर ठिकै छ, राम्रै छ भन्नू मेरो बाद्यता हो । आज धेरै दिनपछि म तिमिलाइ मेरो मन खोलेर पत्र लेख्दै छु। प्रदेसको ठाउँ भासा मिल्दैन, चरा खस्ने गर्मी हुन्छ । कामको तनाब तेस्तै हुन्छ ।दयामाया नभएका मान्छेहरु , अलिकति काममा तलमाथि हुने बित्तिकै चेतावनी पत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । यो मान्छे चाहिन्दैन मलाइ भनेर हप्काउछ । बिदेश पुग्ने बित्तिकै पैसा हुदैन प्रिय् । कर्तव्यहरु धेरै हुन्छ्न । आधारातमा अलरामले ब्युझाउछ । आधा निन्द्रामा उठनु पर्ने हुन्छ । साएद आज मैले यो सबै भनिरहदा मन परेन होला । तर बास्तबिकता यहि हो प्रिय् ।
जति तिमिहरुको मा बढ्दै जान्छ त्यति मेरो बसाइ र दुख लम्बिदै जान्छ । हिजो दार्हीको रेखीमात्र बस्दा बिदेस हिडेको तिमिहरुलाइ खुशी बनाउने चक्करमा आज म आधाबैसको भैसके । के म भोलि बूढो भएर मात्र फर्किनु ? न मैले तिमिहरुलाइ कैलै खुशी बनाउन सके ? हो , कहिले काहीँ कामको ब्यास्तताले गर्दा तिम्रो फोन र म्यासेजको रिप्लाई गर्न भ्याउदिन । तर तिमी भन्छौ अब पैसा कमाएर अरु नै तरुनीसंग व्यस्त हुन थाल्नु भयो । यो कस्तो प्रश्न प्रिय् ? मसंग जबाफ छैन । जबाफको लागि तिमिले यो मेरो पत्रलाई दोहोर्याएर पढ्नु । हो , मानिस सुबिधा भोगी प्राणी हो । त्यो सुबिधाको खोजिमा आज म वा हामी आफुले आफैलाइ अफ्ठ्यारो मोडमा धकेलिरहेको छौ । आज मेरो गाउका रावा- तावा खोला, डाडा -पाखा …………
माफ गर प्रिय , कलमको मसि सकियो … बाकी अर्को पत्रमा………
उहीँ तिमिलाइ माया गर्ने
राजु बस्नेत
बाक्सिला खोटाङ , हाल – कतार