ट्राफिकको आग्रह नियमको पालना गर्नोस्

२०७३ श्रावण २२ गते, शनिबार

काठमाडौं, २२ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना न्यूनीकरणका लागि सहयोग गर्न सबैसँग आग्रह गरेको छ । नागरिक, सवारीचालक/परिचालक तथा यातायात व्यवसायीहरुका लागि सडक दुर्घटना न्यूनीकरणसम्बन्धी शनिबार राजधानीमा भएको गोष्ठीमा ट्राफिक प्रहरीले सहयोगको अपील गरेको हो ।
ट्राफिक नियम पालना गरे सवारी दुर्घटना कम हुने र मृत्युदर कम गर्न सकिने भन्दै प्रहरीले नियमको पालना गर्न सबैसँग आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले पछिल्लो समयमा सडक दुर्घटनाको संख्या घट्दै गएपनि त्यसलाई अझ न्यूनीकरण गर्न प्रहरी र यातायात व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए । सडक प्रयोग, दुर्घटना र यातायात व्यवस्थापनका विषय विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको भनाइ थियो ।गोष्ठीमा विभिन्न क्षेत्रका यातायात व्यवसायी र ट्राफिक प्रहरीको सहभागिता थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार