बैज्ञानिकलाई फाँसी !

२०७३ श्रावण २३ गते, आईतवार

काठमाडौँ, २३ साउन । इरानको परमाणु कार्यक्रमबारे महत्वपूर्ण जानकारी राख्ने एक इरानी बैज्ञानिकलाई फाँसी दिइएको छ । अमेरिकी हिरासतबाट भाग्नु भएका बैज्ञानिक शाहराम अमिरीलाई इरानी प्रहरीले पक्राउ गरेका थिए । इरानको परमाणु कार्यक्रमबारे अमेरिकालाई सूचना दिएको आरोपमा उहाँलाई फाँसी दिइएको हो । सन् २००९ बाट सम्पर्कविहीन भएका बैज्ञानिक शाहराम अमिरीलाई अमेरिकी गुप्तचर संस्था सीआइबीले नियन्त्रणमा लिई इरानी परमाणु कार्यक्रमबारे जानकारी लिएको खुलासा भएको थियो ।
अमेरिकी हिरासतबाट एक बर्षपछि भाग्न सफल अमीरीलाई तेहरान फर्कने बित्तिकै इरानी सुरक्षाकर्मीले हिरासतमा लिएको उहाँको परिवारको दाबी छ ।
अमीरीले इरानको परमाणु कार्यक्रमबारे अमेरिकालाई सूचना दिएको अमेरिकी अधिकारीहरुले सञ्चारमाध्यमलाई जानकारी दिएपछि उनलाई हिरासतमा लिइएको थियो । हिरासतमा रहेका उहाँलाई फाँसी दिई शव परिवारको जिम्मा लगाएपछि उनलाई मृत्युदण्ड दिएको खुलेको वीवीस्सीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]