‘होम मेड’ बाइक !

काठमाडौं, २५ साउन । भारतका रणजीत रंधवाले अरुले फालेका सामानबाट बाइक निर्माण गर्ने अठोट गरे । बाइक रिपेयर वर्कसप सञ्चालन गर्दै आएका उनका लागि यो अनौठो कुरा थिएन । बाइकको पछाडीपट्टीको पाङ्ग्रामा उनले जीपको टायर राखे । पेट्रोल ट्यांकका रुपमा दुध बोक्ने भाँडोलाई प्रयोग गरे । सीटका रुपमा उनले फलामे तावालाई प्रयोग गरे । यसैगरी उनले बाइकका लागि विभिन्न पार्ट जुटाए । उनले बनाएको यो बाइक पञ्जावी चलचित्र ‘बंबूकाट’ मा प्रयोग गरिएको छ । एक मित्रको मद्दतले सो चलचित्रका निर्मातासँग भेट गरेपछि निर्माताले नै बाइक बनाउन प्रस्ताव गरेको र उक्त बाइकलाई फिल्ममा प्रयोग गर्ने आश्वासन दिएको रणजीत बताउँछन् । – एजेन्सी