उच्च शिक्षा मेला सुरु

२०७३ श्रावण २८ गते, शुक्रबार

काठमाडौँ, २८ साउन । ‘अन्तर्राष्ट्रिय शिक्षा स्वदेश’मा भन्ने मूल नाराका साथ ‘नेपाल उच्च शिक्षा मेला’ सुरु भएको छ । ‘एजुकेशन डटकम’ नेपाल र भिजन मिडियाको आयोजनामा नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न समक्ष छन् भन्ने उद्देश्यले मेला सुरु गरेको हो । मेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडाँै विश्वविद्यालयद्वारा मान्यताप्राप्त कलेजले नेपालका शिक्षाका बारेमा जानकारी गराउने आयोजक एजुकेशन डटकमका निर्देशक तारामान रावलले बताए । उनले नेपालका कलेजले पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने भएकाले विद्यार्थीलाई स्वदेशमा नै शिक्षा लिनुपर्ने सन्देशका साथ मेला आयोजना गरेको बताए ।
दरवारमार्गस्थित अन्नपूर्ण होटलमा सुरु भएको मेलामा नेपालका विश्वविद्यालयबाट सञ्चालित स्नातक र स्नातकोत्तर तहको पढाइबारे जानकारी गराइनेछ । मेलामा ४३ कलेजका ५३ स्टल राखिनुको साथै पोखरा विश्वविद्यालयले मेलाबाट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने स्टल समेत राखिको रावलले जानकारी गराए ।

प्रतिक्रियाहरु

[anycomment]