३१ र ३२ गते शैक्षिक हडताल

२०७३ श्रावण ३० गते, आईतवार

काठमाडौ, ३० साउन । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववीयू (क्रान्तिकारी)ले साउन ३१ र ३२ गते दुई दिने आम शैक्षिक हडतालको घोषणा गरेको छ । निजी स्कुल, निजी कलेज, मेडिकल र ईन्जिनियरिङ कलेजहरुले बृद्धि गरेको चर्काे शुल्क खारेज गराउन, सिबिएसईको सम्बन्धन, पाठ्यक्रम र स्वीकृत खारेज गराउन, पूँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, मनोरञ्जन लगायतमा ५० प्रतिशत विद्यार्थी छुट र सहुलियत लागू गराउन, शिक्षामा निजीकरण, व्यापारीकरण, दलालीकरण, माफियाकरण र दलालीकरण अन्त्य गराउन, २० प्रतिशत छात्रबृत्ती सुनिश्चित गराउन एवं हाम्रो अपिलवमा उल्लेखित १७ बुँदे माग पूरा गराउनको लागी दबाबस्वरुप यो शैक्षिक हडतालको आयोजना गरिएको केन्द्रिय समितिले जनाएको छ ।
यस्तै यता नवलपरासी जिल्लास्थित सो संगठनले समेत विज्ञप्ती सार्वजनिक गर्दै शैक्षिक विकृती अन्त्यको लडाईमा अन्तिमसम्म उत्प्रेरणा दिनको लागी अपिल गरेको छ । केन्द्रिय कार्यक्रमलाई नवलपरासी जिल्लामा रहेका सरकारी, निजी तथा बोर्डिङ सबैखाले शिक्षण संस्थाहरुले सहयोग गर्दै २ दिन (३१ र ३२ गते) पूर्ण रुपले पठनपाठन बन्द गर्न अपिल गरिएको विज्ञप्तीमा भनिएको छ, ‘आम शैक्षिक हडतालबाट असर पर्ने सम्पूर्ण विद्यार्थीवर्ग, शिक्षकवर्ग, अभिभावक एवं सम्पूर्ण शैक्षिक व्यक्तित्वहरुसँग बाध्यात्म अवस्था बुझिदिनुहुन अनुरोधसहित सम्बन्धित पक्षले हाम्रा जायज मागहरुलाई बेवास्ता गरेमा यसभन्दा बृहत संघर्षमा उत्रने समेत जानकारी गराउन चहान्छौं । निजी स्कुल, निजी कलेज, मेडिकल र ईन्जिनियरिङ कलेजहरुले बृद्धि गरेको चर्काे शुल्क खारेज गराउन, सिबिएसईको सम्बन्धन, पाठ्यक्रम र स्वीकृत खारेज गराउन, पूँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, मनोरञ्जन लगायतमा ५० प्रतिशत विद्यार्थी छुट र सहुलियत लागू गराउन, शिक्षामा निजीकरण, व्यापारीकरण, दलालीकरण, माफियाकरण र दलालीकरण अन्त्य गराउन, २० प्रतिशत छात्रबृत्ती सुनिश्चित गराउन एवं हाम्रो अपिलवमा उल्लेखित १७ बुँदे माग पूरा गराउनको लागी दबाबस्वरुप यो शैक्षिक हडतालको आयोजना गरिएको हो ।’
संगठनका जिल्ला अध्यक्ष शिव डुम्रेद्धारा हस्ताक्षरी विज्ञप्तीमा संगठनका संघर्षको कार्यक्रमलाई वेवास्ता गरी मनोमानी ढंगले अगाडी बढ्ने र अटेर गर्ने एवं कार्यक्रमलाई असहयोग गरेमा यसबाट हुने अप्रिय घटनाहरुको जिम्मेवारी समेत स्वंयनै हुने चेतावनी दिदैं सम्बन्धित पक्षले संगठनका जायज मागहरुलाई शिघ्रानुशिघ्र कार्यान्वयन गर्न र गम्भीर भएर छलफल गर्नसमेत अपिल गरिएको छ ।
सो संगठनले २०७३ साउन १२ गते पत्रकार सम्मेलनमार्फत संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्दै साउन १७ गते मागपत्र बुझाएको थियो भने साउन २८ गते अन्तरक्रिया कार्यक्रम, साउन ३० गते देशव्यापाी प्रदर्शन कार्यक्रमहरु रहेको बताएको थियो । साउन ३१ र ३२ गते आम शैक्षिक हड्ताल एवं भाद्र १ गतेदेखी नयाँ चरणको संघर्षमा जाने घोषणा समेत गरिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]