सेफ्टी ट्याङ्कीले ज्यान लियो !

२०७३ श्रावण ३० गते, आईतवार

काठमाडौ, ३० साउन । बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्वर–८ स्थित विष्णु रस्तोगीको घरमा निर्माण भैरहेको शौचालयको सेफ्टी ट्याङ्कीभित्र पसेका दुई कामदारको निसास्सिएर मृत्यु भएको छ । निर्माणाधीन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्याङ्कीको ढलान गरिएको ढक्कन हटाउने क्रममा शनिबार धधवार गाविस वार्ड नं. ८ विजयनगर निवासी गणेश थारु र चुकुन्दर थारुको मृत्यु भएको हो । अक्सिजनको कमी भै निसास्सिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार