६६ किलो गाँजा बरामद
काठमाडौ, ३० साउन । प्रहरीले जनकपुर उपमहानगरपालिका–२५ लक्ष्मिनिया चोकस्थित ढल्केर–जनकपुर सडक खण्डबाट बा११च ३६०६ नम्बरको कारबाट अन्दाजी ६६ किलो लागू औषध गाँजा बरामद गरेको छ । ढल्केबरबाट जनकपुरतर्फ आइरहेको उक्त कारलाई आइतबार प्रहरीले रोकी चेकजाँच गर्न खोज्दा कार चालक फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले कारको डिकीबाट ११ पोकामा रहेको उक्त गाँजा बरामद गरेको छ । फरार चालकको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।