सत्तारुढ दलका कार्यकर्ता माओवादीमा प्रवेश

काठमाण्डौ , ३१ साउन । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका नेता–कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन् । आफूहरु आवद्ध पार्टीले देश र जनताको हितविपरीत काम गरेको र नेतृत्व तहमा सच्चिनुको साटो स्वेच्छाचारी बढ्दै गएको धनकुटा नगरपालिकामा आयोजित एक प्रवेश कार्यक्रममा बताए । नेकपा माओवादीमा प्रवेश गर्नेमा माओवादी केन्द्रबाट चन्द्र राना, नगेन्द्र भुजेल, वामपन्थी नेता चक्रबहादुर लिम्बू् रहेका छन् ।
त्यस्तै नेकपा एमालेबाट रामबहादुर सिंजाली छन् । नेपाली कांग्रेसबाट ईश्वर जिरेल, रामबहादुर थापा, अनिष रानामगर र रन्जित शाही छन् । उनीहरुले आफूहरु माओवादीले अघि सारेको एकीकृत जनक्रान्तिले देश र जनताको पक्षमा गर्ने आधार देखेर माओवादीमा प्रवेश गरेको बताए । नवप्रवेसीहरुलाई नेकपा माओवादीका धनकुटा सेक्रेटरी आकाशले अविर, खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा माओवादीका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै सेक्रेटरी आकाशले देश र जनताको हितको लागि माओवादीले एकीकृत जनक्रान्तिकारी कार्यदिशा अगाडि ल्याएको बताउँदै सबै तहका मानिसले जनक्रान्तिमा सहभागी हुन सक्ने बताए ।