आज र भोलि शैक्षिक हड्ताल, देशभरका शैक्षिक संस्था ठप्प

काठमाडाैँ, ३१ साउन । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीले आज साउन ३१ गते र भोलि ३२ गते दुई दिने आम शैक्षिक हडतालको घोषणा गरेको छ । निजी स्कुल, निजी कलेज, मेडिकल र ईन्जिनियरिङ कलेजहरुले बृद्धि गरेको चर्काे शुल्क खारेज गराउन, सिबिएसईको सम्बन्धन, पाठ्यक्रम र स्वीकृत खारेज गराउन, पूँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, मनोरञ्जन लगायतमा ५० प्रतिशत विद्यार्थी छुट र सहुलियत लागू गराउन, शिक्षामा निजीकरण, व्यापारीकरण, दलालीकरण, माफियाकरण र दलालीकरण अन्त्य गराउन, २० प्रतिशत छात्रबृत्ती सुनिश्चित गराउन दबाबस्वरुप यो शैक्षिक हडतालको आयोजना गरिएको अनेरास्ववीयू क्रान्तिकारी केन्द्रिय समितिले जनाएको छ ।
यसैबीच अनेरास्ववियु क्रान्तिकारीले गरेकाे शैक्षिक हडतालकाे प्रभाव देशभर परेकाे छ । काठमाडाैं उपत्यकाका सम्पूर्ण शिक्षण सस्था बन्द रहेका छन । स्कुल कलेजका गेटमा ताला लगाइएका छन् । विद्यार्थीहरु सडकमा निस्केका छन् । उनीहरुले अभिभावककाे ढाड सेक्ने गरी बढाइएकाे शुल्क फिर्ता लिनुपर्ने मागवाट कुनै हालतमा पछि नहट्ने प्रतिबद्ता समेत जनाएका छन ।