‘सिरियामा हमला गर्न इरानको अड्डा प्रयोग गर्ने गरेको खुलासा ‘
काठमाडौं, १ भदौ । रुसले सिरियामा हवाई हमला गर्न इरानको हवाई अड्डा प्रयोग गर्ने गरेको खुलासा गरेको छ । रुसको रक्षा मन्त्रालयले सिरियाको एलेप्पो, इदलिव र डेर प्रान्तमा गरिएका हवाई हमलामा इरानको हवाई अड्डा प्रयोग गर्ने गरिएको खुलासा गरेको हो । रुसले सिरियाली राष्ट्रपति बसर अल असदको पक्षमा सिरियाली बिद्रोहीबिरुद्ध हमला गर्दै आएको छ ।
सिरियाली राष्ट्रपतिको समर्थनमा रहेको देश इरानले सिरियालाई विगत पाँच वर्षदेखि सैन्य र आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । रुसी गठबन्धन सेनाले गरेको पछिल्लो हवाई हमलामा २७ जना मारिएका छन् ।- एजेन्सी