सहिद रामबृक्ष स्मृति दिवस मनाइयो

२०७३ भाद्र २ गते, बिहीबार

काठमाडौ, २ भदौ । सहिद रामबृक्ष यादवकाे २२अाै स्मृति दिवस महाेत्तरीकाे बर्दिबासमा मनाईएको छ । नेकपा माअाेवादीका पिबिएम तथा जनकपुर ब्युराे ईन्चार्ज अाेम प्रकाश पुनकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा मिथिला जनपरिषद प्रमुख अादम कवाडी र सप्तरी जिल्ला पार्टी सचिव बिष्णु पाैडेलले रामबृक्ष यादवकाे ब्यक्तित्व बारेका प्रकाश पारेका थिए भने कार्यक्रममा पार्टी सिसिएम राम लखन महताे, धुषा जिल्ला पार्टी सचिव देवनारायण शाह, सिराहा जिल्ला पार्टी सचिव लक्ष्मण पाैडेल, अनेमसंघ क्रान्तिकारी केन्द्रिय समिती सचिवालय सदस्य रिता मैनालि, मगर मुक्ति माेर्चाका जनकपुर ब्युराे संयाेजक कमल सुसलिङ, किसान संघका ब्युराे संयाेजक खगेन्द्र पाेख्रेल, राष्ट्रिय युवा जनस्वयंसेवकका संयाेजक सुमन बल , पार्टीका जनकपुर ब्युराे सदस्यहरु प्रेम रानामगर र अम्मर धमाला लगाएत जवसका केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे । कुमार पाैडेलकाे संचालन, गाैरि मण्डलकाे अध्यक्षता र रुपेश कार्किकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा साउन दस गतेकाे नेपाल बन्दकाे क्रममा हिरासतमा परि रिहा भएका महाेत्तरि जिल्ला सदस्य राजन बस्नेतलाई सम्मान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]