लोडसेडिङ दैनिक ७ घन्टा

२०७३ भाद्र ३ गते, शुक्रबार

काठमाडौ, ३ भदौ । चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा एक सय ८५ मेगावाट बिजुली थपिने भएको छ । निजी प्रवर्तकले निर्माण गरिरहेका आयोजना अन्तिम चरणमा रहेकाले उक्त परिणामको बिजुली थपिने देखिएको छ । प्राधिकरणको केन्द्रीय प्रणालीमा थगत आवमा जम्मा ३०.९७ मेगावाट बिजुली थपिएको थियो ।
प्राधिकरणले निर्माण गरेका १४ मेगावाटको कुलेखानी तेस्रो, ३० मेगावाटको चमेलिया, ६० मेगावाटको माथिल्लो त्रिशूली-३ ए र ३२ मेगावाटको राहुघाट लामो समयदेखि निर्माणाधीन छन्। तर, ती आयोजना चालु आवमा पूरा हुने अवस्था छैन । – नागरिक दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]