विषाक्त मदिरा प्रकरणमा पूरा चौकीमाथि कारबाही
काठमाडौं, ३ भदौ । भारतको बिहार राज्यअन्तर्गत गोपालगञ्ज जिल्लामा विषालु मदिरा पिएर भएको मृत्युसम्बन्धी घटनामा पुरा प्रहरी चौकीका सबै २५ जना प्रहरीलाई निलम्बित गरिएको छ। जिल्ला प्रशासनले १४ जनाविरुद्ध अवैध मदिरा कारोबारमा संलग्न रहेको आरोपमा उजुरी दर्ता गराएको छ। विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्यासमेत बढेर १८ पुगेको छ। गोपालगञ्जका एसपी रविरञ्जनले यो घटनामा बिहीबार अबेर राति थापाका प्रमुख बीपी आलोकसमेत १४ जनालाई निलम्बित गरिएको बताए । थानामा कार्यरत चालकमाथिसमेत कारबाही गरिएको छ। गोपालगञ्जका जिल्लाधिकारी राहुल कुमारले एसपीकातर्फबाट नयाँ उत्पादनकानुन अनुसार गरिएको कारबाही सही भएको बताए ।
यसअघि मुख्यमन्त्री नीतिशकुमारले एउटा कार्यक्रममा बोल्दै मृतकप्रति सहानुभूतिका साथ चार चार लाख रुपैयाँ दिने घोषणा गरेका थिए । – एजेन्सी