सोनिया गान्धी पुन: अस्पताल भर्ना

२०७३ भाद्र ३ गते, शुक्रबार

काठमाडौं, ३ भदौ । भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । उनी राजधानी नयाँदिल्लीको अस्पताल भर्ना भएको जनाइएको छ । उनी पुनः अस्वस्थ भएपछि नयाँदिल्लीको गंगाराम अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको जनाइएको छ । भारतको एक प्रमुख अस्पतालकारुपमा रहेको सो गंगाराम अस्पतालमा उनी उपचारका लागि केही दिन बस्नुपर्ने भएको ती चिकित्सकले जनाएका छन् । सो अस्पतालका एकजना चिकित्सकले आफ्नो नाम नबताउने शर्तमा भने– ‘हामीले उहाँलाई अस्पताल भर्ना गरेका छौं र उहाँलाई फिजियोथेरापी गराउनुपर्ने भएको छ ।’ उनले गान्धीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भएको जानकारी पनि दिए । तर, रोगकाबारेमा भने विस्तृतमा केही बताएका छैनन् । उनी गत आइतबारमात्र सोही अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । उनलाई हातमा घाउ भएकोले चोटको फिजियोथेरापी गराइएको थियो ।
उनी पुनः सोही अस्पतालमा बिहीबार साँझ भर्ना भएपछि उनको स्वास्थ्यप्रति चिन्ता बढेको पाइएको छ । सोही कारण अस्पताल परिसरमा ठूलो संख्यामा नागरिकको भीड लागेको छ । उनको पाखुराको हाड चर्किएको पाइएको चिकित्कको भनाइ छ । सोही कारणले ज्वरो आएको भन्दै गत हप्तामात्र उनलाई सोही अस्पतालमा भर्ना गरिएकोमा १० दिनको अस्पताल बसाइपछि आइतबार डिस्चार्ज भएकी थिइन् । बिहीबार उनलाई भर्ना गरिएको र उनको स्वास्थ्यमा क्रमिकरुपमा सुधार आइरहेको सो अस्पतालका चिकित्सकले जनाएका छन् । उनले भने–‘फिजियोथेरापी सुरु गरिएको छ, ज्वरो आउने वा त्यस्तो कुनै गाह्रो भने भएको छैन ।’ – रासस/सिन्ह्वा

प्रतिक्रियाहरु

[anycomment]