चोर शिकारी स्थानीयको फन्दामा
काठमाडौं, ३ भदौ । मनाङको स्थानीयले चोर शिकारी गर्ने चार जना शिकारीलाई पक्राउ गरेका छन् । उनीहरुले पिसाङ जंगलबाट गएराति चार जना शिकारी पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा रुकुमको ट्याङ गाविस–८ का केशरमान ओली, सोही ठाउँंका नन्दराम रोक्का, कुलबहादुर रोक्का र कृष्णबहादुर मगर छन् । चारैजना जंगलमा कस्तुरी मार्नका लागि गएको प्रहरीले जनाएको छ । कस्तुरी मृग समात्न पासो थापेर बसेको अवस्थामा स्थानीयले उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।