नयाँ कम्युनिष्ट पार्टीको घोषणा

काठमाडौं , ३ भदौं । नेपालका कम्युनिष्ट पार्टीहरुकोबीचमा आजदेखि अर्को नयाँ कम्युनिष्ट पार्टीको जन्म भएको छ । आज राजधानीको संवाद डबलीमा आयोजित एक कार्यक्रमबीच डिपी जैसी (महेन्द्र) को नेतृत्वमा कम्युनिष्ट केन्द्र पार्टीको घोषणा गरिएको हो । पार्टीले सम्पूर्णं कम्युनिष्टहरुलाई एकताबद्ध गर्दे नेपाली जनताहरुलाई अधिकार सम्पन्न गर्ने अध्यक्ष डिपी जैशीले बताए । नेपालका सच्चा कम्युष्टि भन्नेहरुले नैं देशलाई बाँडेर खाने बस्तुका रुपमा प्रयोग गरेकाले केपी ओली नेतृत्वको सरकारलाई ढालेर प्रचण्ड नेतृत्वको वर्तमान ९ महिने सरकार निर्माण भएको बताए ।
त्यसैगरी नवगठित पार्टीका प्रवक्ता तप्त बहादुर खत्रीले नेताहरुले सम्झौतामा आन्दोलन टुंग्यायाँदा जनतालाई पटक पटक धोका भएकाले अव आफुहरु जनाताको प्रत्यक्ष जनजीविकाका सवालहरुमा केन्द्रित हुँदै गोलबद्ध हुने बताए ।
त्यसैगरी प्रा. डा. सुरेन्द्र केसीले भारतले नेपाललाई नेपालकै कम्युनिष्टहरुलाई प्रयोग गर्दै भूटानीकरण गर्न लागेकाले नव गठित यस पार्टीले बस्तुनिष्ठ भई देशको स्वाभिमान बचाउनका खातिर जुझारु भई अगाडी बढ्नु पर्ने शुभकामना व्यक्त गरे । उनले प्रचण्ड नेृत्वको माओावदीले जनतालाई धोका दिए जस्तो गरी यस पार्टी धोका नदिआस् भन्ने कामना पनि व्यक्त गरे ।
यो पार्टीमा २०५२ सालमा जनयुद्ध थालनी गरेका पूर्व माओवादी, अयोग्ग भनि फिर्ता पठाईएका पूर्व जनमुक्ति सेना, मजदूर लगायतको सहभागिता रहेको छ ।
त्यसैगरी यस पार्टीमा माओवादी कम्युनिष्ट केन्द्र परित्याग गरी नयाँ पार्टी कम्युनिष्ठ केन्द्र गठन गर्नेहरुमा डीपी जैसी (महेन्द्र) पार्टी अध्यक्ष तथा तप्त बहादुर खत्री (शौरभ) पार्टी प्रवक्ताका रुपमा रहेका छन् । त्यसैगरी पार्टीको ७५ सदस्यीय नयाँ केन्द्रीय समितिकोे घोषणा गरिएको छ ।