सत्तारुढ दल परित्याग गरि नेकपा माओवादीमा प्रवेश

काठमाडौं , ३ भदौं । धनकुटा नगरपालिका वडा नम्बर १५ बेलहाराका १६ जना सत्तारुढ दल परित्याग गरि नेकपा माओवादीमा प्रवेश गरेका छन । बिभिन्न पार्टी त्याग गरि नेकपा माओवादीमा प्रवेश गर्ने १६ मध्य भाबी कमिटीमा वडा सेक्रेटरी कुमार भन्डारी रहने गरि प्रवेश कार्यक्रम सम्पन्न भएको बताइएको छ । प्रवेश गर्नेमा (माओवादी केन्द्र), माओवादी क्रान्तिकारी र नेपाली कङ्रेसका छन । प्रवेशमा पुर्व जनसेना समेत रहेका बताइएको छ। नब प्रवेशहरुले नेकपा माओवादीले अवको अधुरो क्रान्ति पूरा गर्नेमा सामुहिक बिस्वास ब्यक्त गरेका छन । उनिहरुलाई नेकपा माओवादी धनकुटाका सेक्रेटरी आकाश शर्मा र सदस्यहरु धुर्व थापा, रोशन राई र नबिन राईले स्वागत गर्दै प्रवेस गराएका थिए ।