सम्बन्ध विच्छेदको कारक बन्दैछ फेसबुक र टि्वटर

२०७० जेष्ठ २१ गते, मंगलवार

काठमाण्डौं,२१ जेठ । पछिल्लो समयमा सामाजिक संजालबाटै बिवाह गर्नै घटना बढदै आइरहेको समयमा अब भने सम्बन्ध विच्छेद पनि सामाजिक संजालबाटै हुने गरेको छ ।सामाजिक संजालहरुमा लेखिने स्टाटस तथा म्यासेजहरु सम्बन्ध विच्छेदको लागि सहयोगी सावित भएको छ । पति पत्नी बीच चलिरहेको मुद्दामा स्टाटस म्यासेजहरु प्रमाणको रुपमा सावित हुन थालेको छ ।अन्य देशमा सामाजिक संजालहरु मथि लेखिने स्टाटसहरु प्रमाणका रुपमा रहेपनि हाम्रो देशमा भने त्यस्तो चलन आइसकेको छैन । छिमेकी मुलुक भारतमा समेत सुचना प्रविधि ऐनले फेसबुक तथा टि्वटर लेखिने सामाग्रीलाई अदालती प्रकियामा लिने गरेको पाइन्छ ।
सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा हालेका श्रीमान वा श्रीमतीले मुद्दामा आफ्नो प्रमाण पूराउनका लागि विपक्षीले फेसबुक वा ट्विटरमा वैवाहिक जिवन, सम्बन्धका बारेमा गरेको टिप्पणी, आफुलाई पठाएका विभिन्न खाले नकारात्मक सन्देशलाई प्रमाणको रुपमा पेश गर्न सक्छन् ।सम्बन्ध विच्छेदको मुद्दा परिसकेको अवस्थामा मात्र होइन कतिपय परिस्थितिमै असल वैवाहिक सम्बन्धलाई बिगार्नमा समेत ट्विटर तथा फेसबुकजस्ता सामाजिक संजाल कारक तत्व बन्ने गरेको पाइएको छ । खासगरी सामाजिक संजालमा पोष्ट हुने विभिन्न खाले तस्वीर, त्यसमा हुने टिप्पणी तथा विभिन्न खाले खुलासाहरुले गर्दा सम्बन्धमा दरार उत्पन्न हुने गरेको पाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु