भारतीयले अवैध रुपमा धर्मपुत्रपुत्री बनाएको रहस्य

२०७३ भाद्र ४ गते, शनिबार

काठमाडौं, ४ भदौ । अढाइ वर्षदेखि बेपत्ता एकै घरका तीन बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर सोधपुछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्रपुत्री बनाइएको रहस्य खुलेको हो ।
चनियाले बालबालिकाका बुबा दानबहादुरले नै धर्मपुत्रपुत्री बनाउन दिएको जिकिर गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
चनियाकी दिदी खट्टीले चनिया र गङ्गाराम रानाले पढाइ दिने आश्वासन दिएर बालबालिकालाई भारत लगेको प्रहरीमा उजुरी दिएका छन् । उजुरी परेपछि प्रहरीले चनिया र गङ्गारामको खोजी गरेको छ । चनिया प्रहरीको सम्पर्कमा आए पनि गङ्गाराम आएका छैनन् । निवेदनपछि जिल्ला प्रशासन कार्यालयले बालबालिकालाई भारततर्फ लग्ने कार्यमा संलग्न भएको अभियोग लागेकाहरुलाई पक्राउ गर्न निर्देशन दिएको थियो । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार