साकेला नाचमा झडप

२०७० जेष्ठ २१ गते, मंगलवार

खोटाङ, २१ जेठ– साकेला शिली नाच्ने क्रममा खोटाङको खार्मी–९ तुर्खामा सोमबार राति भएको झडपमा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पाथेका र जालपाका युवाहरुबीच भएको झडपमा ४० वर्षीय ध्रुव श्रेष्ठको मृत्यु भएको हो । खार्मी–७ निवासी श्रेष्ठ साकेला आयोजकसमेत हुन् । झडप छुट्याउने क्रममा उनीमाथि छुरा प्रहार गरिएको थियो । साकेला पर्वको अवसरमा खार्मीको तुर्खास्थित भुमेस्थानमा भूमे पूजा तथा साकेला नाच भइरहेको समयमा दुई समूहबीच पुरानो रिसइबीलाई लिएर दोहोरो झडप भएको थियो । छुट्याउने क्रममा खार्मी–९ का इखबहादुर राई, परशुराम राई र दीपक राई घाइते भएका छन् । खोटाङ प्रहरी प्रमुख डीएसपी राजीव बस्नेतले छुरा प्रहारमा संलग्न पाथेका–२ का २५ वर्षीय अबिन राई, पाथेका–६ का ज्ञानराज राई, पर्वत राईलगायतका समूहको खोजी भइरहेको बताए । उनीहरुको खोजीका लागि जालपा, बाक्सिला, तालखर्कलगायतका प्रहरीचौकीबाट प्रहरी परिचालन गरिएको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बकर इद

२०८२ जेष्ठ २५ गते, शनिबार

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार